Skip to content
LAXMI SUNRISE BANK

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

अर्थ सरोकार

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ४ अर्ब बढीको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ऋणपत्र निष्काशन तथा बिक्रीका लागि प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

बैंकले एक हजार रुपैयाँ अंकित दरका १० बर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदर रहेको ४० लाख ४० हजार कित्ता बराबरको ४ अर्ब ४ करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्न लागेको हो ।

ऋणपत्र निश्काशन सम्बन्धि सम्झौतामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK