×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

सामाजिक सञ्जालभरी ‘फेक भ्याकेन्सी’को सूचना, नेपाल टेलिकमले भन्यो- ‘तत्काल कर्मचारी माग गरेका छैनौँ’

BIZBAZAR

काठमाडौं । नेपाल टेलिकमले सामाजिक सञ्जालमा भाइरल भइरहेको कर्मचारी माग सम्बन्धी सूचना गलत भएको बताएको छ । टेलिकमले केही दिनदेखि सामाजिक सञ्जालमा ‘नेपाल टेलिकममा कर्मचारी माग’ भन्दै प्रवाह भएको सूचना गलत भएको बताएको हो ।

बुधबार एक सूचना जारी गर्दै टेलिकमले समाजिक सञ्जालमा गतल सूचना गइरहेको जानकारी दिएको हो । तत्कालका लागि नेपाल टेलिकमको कुनै पनि शाखाबाट कर्मचारी माग नभएको कम्पनीले स्पष्ट पारेको छ ।

‘केही दिन यता नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न भ्याकेन्सी खोलिएको’ भनेर कम्पनीका पदाधिकारीहरुको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको सम्बन्धमा कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ’- नेपाल टेलकमले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै, टेलिकमले कर्मचारी आवश्यकता सम्बन्धी सूचना कम्पनीले राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रुपमा सार्वजनिक गर्ने गरेकोले यस प्रकारका गलत सूचनाको भ्रममा नपर्न समेत आग्रह गरेको छ । यस्तो छ टेलिकमद्धारा जारी प्रेस विज्ञप्ती:

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal