Skip to content
LAXMI SUNRISE BANK

एनआईबीएल एस क्यापिटल र एच मेडिकल एण्ड डाएगनोष्टिकबीच सम्झौता

अर्थ सरोकार

काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेड र एच मेडिकल एण्ड डाएगनोष्टिक प्रा.ली.बीच एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबीएल सहभागीता फण्डमा ‘Corporate Payroll SIP’ मार्फत उक्त कम्पनीका कर्मचारीहरुले लगानी गर्ने उदेश्यका साथ एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा एच मेडिकल एण्ड डाएगनोष्टिक प्रा.ली.का तर्फबाट कम्पनिका प्रमुख संचालन अधिकृत मदन अर्याल र एनआईबीएल एस क्यापिटल लिमिटेडका तर्फबाट कम्पनीका नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार एच मेडिकल एण्ड डाएगनोष्टिक प्रा.ली. का विभिन्न तहका कर्मचारीहरुले आफुले इच्छा अनुरुप मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागीता फण्डको व्यवस्थित लगानी योजना (SIP) मार्फत लगानी गर्न सक्नेछन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK