काठमाडौं । एनआइबिएल एस क्यपिटल लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेसनल पेमेन्ट स्विचमा आबद्ध भएको छ।
यसका निम्ति एनआइबिएल एस क्यपिटलका तर्फबाट संस्थाका डेप्युटि प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतापश्चात एनआइबिएल एस क्यापिटलका आन्तरिक प्रणालीलाई एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस ९एनपीआई०सँग जोडी विभिन्न भुक्तानी तथा लगानी प्राप्त गर्ने कारोबारहरु गर्न सक्ने साथै क्यापिटलका डिभिडेण्ड भुक्तानी लगायत तलब, भेण्डर भुक्तानी, लगायतका विभिन्न प्रकारका भुक्तानीसम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरुबीच सोझै गर्न सक्नेछन् ।
एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेसको माध्यमबाट क्यापिटलले प्रदान गर्दै आइरहेको विभिन्न लगानी संग सम्बन्धित सेवाहरु सहज हुनुका साथै भुक्तानी प्रणाली थप प्रभावकारी हुने भएकाले सेवाग्राहिहरुले प्रत्येक्ष लाभ लिन सक्ने विश्वास क्यापिटलले लिएको छ ।
साथै, निकट भविष्यमा नै सम्पूर्ण सेवाहरुलाई यथा स्रिघ नेशनल पेमेन्ट स्वीचमा जोडि सेवा प्रवाह गरिने जानकारी समेत गराएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्