काठमाडौं । एनआईसी एशिया बैंकले काठमाडौंस्थित इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पसलाई डिजिटाइज गर्दै यी क्याम्पसका विद्यार्थीहरूले आफ्ना हरेक शैक्षिक शुल्कहरू बैंकको डिजिटल प्लेटफर्ममार्फत भुक्तानी गर्न सकिने प्रणाली उपलब्ध गराएको छ ।
बैंकले थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पससँग डिजिटाइजेसन गर्ने विषयमा छुट्टाछुट्टै समझदारी गर्दै यी क्याम्पसका विद्यार्थीहरूले भर्ना शुल्क, सेमेस्टर शुल्क, परीक्षा तथा मासिक शुल्क, आइडी कार्ड शुल्क, प्राइओरिटी शुल्क, सर्टिफिकेट शुल्क, प्राक्टिकल शुल्क, फिल्ड रिपोर्ट शुल्क, टिचिङ प्राक्टिस शुल्क, रेकम्मेन्डेसन शुल्क वा अन्य कुनै पनि शुल्क बैंकको क्युआर कोड, मोबाइल बैंकिङ एप, बैंकको वेबसाइटमा रहेको ई-सर्भिस र क्वीक पे प्लेटफर्महरूमार्फत सजिलै भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ ।
त्यस्तै, बैंकको मोबाइल बैंकिङ एपबाट शुल्क भुक्तानी गर्नु परेमा एपभित्र रहेको ई-सर्भिसमा गएर क्याम्पसको नाम छनौट गर्नुपर्ने हुन्छ । बैंकको वेबसाइटमा रहेको ई-सर्भिसमा ट्याब गरी क्याम्पस छनौट गरेर समेत भौतिक रुपमा क्याम्पसमा उपस्थित नभई आवश्यक शुल्क भुक्तानी गर्न सकिनेछ । साथै, क्याम्पसमा रहेको क्युआर कोड स्क्यान गरेर वा क्याम्पसले उपलब्ध गराएको क्वीक पे लिंकमार्फत पनि भुक्तानी गर्न सकिनेछ ।
हालसम्म यी क्याम्पसमा अध्यनरत विद्यार्थीहरूले आफ्नो शुल्क भुक्तानी गर्दा बैंक शाखामा उपस्थित भई कागजी भौचर भर्नुपर्ने, काउन्टरमा लामो लाइन लाग्नुपर्ने र बैंकले भुक्तानी जम्मा लिएको भौचर क्याम्पस प्रशासनमा बुझाउनुपर्ने बाध्यता रहेको थियो । यस सम्झौतासँगै विद्यार्थीहरूले गर्नुपर्ने कागजी काम तथा नगद बोक्नुपर्ने बाध्यता हट्दै समय र लागत कम भएको छ भने क्याम्पस प्रशासनले आफ्नो डाटा, जानकारी, आर्थिक व्यवस्थापन, अडिट तथा रिपोर्टिङ जस्ता कार्य रियल टाइममा गर्न सकिने भएको छ ।
डिजिटल बैंकिङमा मुलुकको अग्रणी स्थानमा रही सहज बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको बैंकले यी क्याम्पसको भुक्तानीलाई डिजिटाइज गरेसँगै अब विद्यार्थीहरूले आफ्नो शुल्क बिना कुनै लाइनमा बसी सजिलै भुक्तानी गर्न सक्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्