×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कार्यकालको अन्त्यसम्ममा अर्थतन्त्र सुध्रिन्छः प्रधानमन्त्री प्रचण्ड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कार्यकालको अन्त्यसम्ममा अर्थतन्त्र सुध्रिन्छः प्रधानमन्त्री प्रचण्ड

Artha Sarokar

२१ बैशाख २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नो कार्यकालको अन्तिमसम्म देशको राजनीति र अर्थतन्त्र सुध्रिने दाबी गरेका छन् । पूर्व प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवद्वारा लिखित ‘गोठालादेखि प्रमुख निर्वाचन आयुक्तसम्म आत्मवृत्तान्त’ पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो दाबी गरेका हुन् ।

अहिले विश्वव्यापी रुपमा देखिएको मन्दिको प्रभाव नेपालमा पनि देखिएको र अर्थतन्त्र केही संकटमा रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालको अन्त्यसम्म अर्थतन्त्र सुध्रिने बताएका छन् ।

‘अहिले अर्थतन्त्रमा क्रमशः सुधार आउँदैछ । समष्टिगत आर्थिक परिसूचकहरू सकारात्मक छन् । विदेशी मुद्राको सञ्चिति त उत्साहजनक नै छ । अरू क्षेत्रमा पनि राम्रो प्रगति हुँदैछ ।’, उनले भने, ‘तेस्रो कार्यकालको अन्तिमसम्म जाँदा दोस्रोभन्दा राम्रो नतिजा आउँछ भन्नेमा म विश्वस्त छु ।’

त्यस्तै, उनले आन्दोलनरत दलहरूमा भएको सहमतिको प्रक्रियाले अर्थतन्त्रमा सुधार आएको जिकिर गरेका छन् । ठूला आयोजनाहरूमा भौतिक र वित्तीय प्रगति राम्रो भएको भन्दै यसपटक पनि त्यसभन्दा राम्रो गर्ने प्रयास भइरहेको उनको भनाई रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी