×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘विगतमा भएका दरबार हत्याकाण्डदेखि ठूला भ्रष्टाचारहरुको नयाँ शिराबाट छानबिन हुन्छ’- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले देशमा भएका ठूलाठूला हत्या र भ्रष्टाचार काण्डको छानबिन नयाँ शिराबाट गर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले विगतमा भएका हत्याकाण्ड र भ्रष्टाचारको छानबिन गर्न सरकार दृढ रहेको बताएका हुन् ।

‘सरकार भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति लिएर अघि बढेको छ । जसको प्रभाव देखिन थालिसकेको छ ।’, प्रधानमन्त्री दाहालले भने, ‘देशमा भएका ठूलाठूला हत्याकाण्ड र भ्रष्टाचार घटनाको नयाँ शिराबाट छानबिन हुन्छ ।’

त्यस्तै, उनले विगतमा भएका विभत्स हत्याकाण्डका बारेमा पनि छानबिन सुरु हुने दाबी गरेका छन् । ‘विगतका सबै विभत्स र भयानक हत्याकाण्डको नयाँ शिराबाट छानविन गर्नुपर्छ । चाहे त्यो गौरको केस होस्, चाहे भयानक हत्याकाण्ड ।’, उनले भने, ‘अहिले ती घटनाहरुलाई बिर्साउने कार्यहरु भईरहेको छ । तर, त्यसप्रति हामी गम्भीर हुनुपर्छ ।’

गौर हत्याकाण्ड, दरबार हत्याकाण्ड, मदन आश्रित हत्याकाण्ड लगायत देशका भएका ठूला हत्याकाण्ड र भ्रष्टाचारका घटनाको नयाँ शिराबाट छानबिन गर्नुपर्ने प्रधानमन्त्रीको भनाई रहेको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: