काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८औं वाषिकोत्सवको अवसरमा २०७९ माघ १० गते घोषणा गरिएका आर्थिक वर्ष २०७७/०७८ र २०७८/०७९ मा उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालयहरु तथा कर्मचारीहरुलाई एक समारोहकाबीच बैंक सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकले पुरस्कार वितरण गरेका छन् ।
कार्यक्रममा सर्वोत्कृष्ठ कार्य सम्पादन गरे वापत सर्वोत्कृष्ठ बैंक पुरस्कार आर्थिक वर्ष २०७८/०७९ को मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरे र आर्थिक वर्ष २०७७/०७८ को ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज वस्नेतलाई जनही नगद रु ५० हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यसैगरी उत्कृष्ठ कार्य सम्पादन गरे वापत आर्थिक वर्ष २०७८/०७९ मा अन्य ३३ जना र आर्थिक वर्ष २०७७/०७८ मा अन्य ३३ जना कर्मचारीलाई उत्कृष्ट बैंक सेवा पुरस्कार जनही नगद रु २० हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
सो अवसरमा शाखा कार्यालयहरुमध्ये सर्वप्रथम हुने आर्थिक वर्ष २०७८/०७९ मा शाखा कार्यालय बिराटनगर र आर्थिक वर्ष २०७७/०७८ शाखा कार्यालय सुर्यविनायकलाई प्रति शाखा नगद रु.५० हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी अन्य उत्कृष्ट कार्य सम्पादन गर्ने आर्थिक वर्ष २०७८/०७९ मा १७ वटा शाखा र आर्थिक वर्ष २०७७/०७८ मा अन्य १७ वटा शाखा कार्यालयका प्रबन्धकहरुलाई जनही नगद रु १० हजार देखि रु ३० हजार सम्म र प्रमाणपत्र प्रदान गरेका बैंकले जनाएको छ ।
साथै, कार्यक्रममा कर्मचारीहरुलाई वरिष्ठ बैंकर्स अनिल केशरी शाहबाट ट्रान्सफरमेशनल लिडरशिप विषयमा प्रशिक्षण समेत प्रदान गरिएको थियो ।
सो कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले उत्कृष्ट कर्मचारी तथा शाखा कार्यालयका प्रवन्धकहरुलाई पुरस्कार प्रदान गर्नुहुँदै बैंकिङ क्षेत्रमा नयाँ नयाँ प्रविधि र सोचको विकास भैरहेको सन्दर्भमा कर्मचारीहरुले दक्षतापूर्ण रुपले कार्य गर्नुपर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले लामो समयदेखि उत्कृष्ठ कार्य गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने गरेकाले कार्यसम्पादनमा यसको उपलब्धि देखिएको बताए ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु देवेन्द्ररमण खनाल र सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु विमल डंगोल, पवन रेग्मी र दुर्गा कुमारी कँडेल, रा.वा. बैंक कर्मचारी संघ नेपालका बरिष्ठ उपाध्यक्ष बद्रिप्रसाद तिमिल्सिना, नेपाल वित्तीय संस्था कर्मचारी संघ,रावा बैंकका अध्यक्ष इश्वरबहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन, रावा बैंकका उपाध्यक्ष जितेन्द्र राई लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्