×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विश्व अर्थतन्त्रलाई संकटमा पारेको रुस-युक्रेन युद्ध (फोटो-कथा)

काठमाडौं । विश्वभर उर्जा संकट उत्पन्न गराएको रुस-युक्रेन युद्ध अझै पनि चलिरहेकै छ । यी दुई देशबीच युद्ध सुरु भएको झण्डै १ वर्ष ४ महिना बितिसक्दा पनि न त युद्ध रोकिएको छ न युद्ध रोकिने संकेत देखिएको छ । बरु युद्धले अझै भयानक रुप लिने चिन्ता धेरैमा छ ।

अहिले पनि युक्रेनका ठूला सहरसँगैका विभिन्न ठाउँहरुमा रुसको बमबारी जारी छ । दिनहूँ हुने यस्ता हमलाबाट युक्रेनका ठूला सहरहरुको अवस्था दिनानुदिन बिग्रदै गएको छ भने जवजीवन कष्ठकर बनिरहेको छ । युद्धका कारण युक्रेन मात्रै होइन, रुस पनि तनाबमा छ । युक्रेनसँगै रुसमा पनि युद्धको प्रभाव निकै नै देखिन्छ । भौतिक संरचना भत्किएका छन्, सयौँको संख्यामा ज्यान गएका छन् भने नागरिकको दैनिकी कष्ठकर बन्दै गएको छ ।

यसो त यी दुई देशबीचको युद्धले यी दुई देशलाई मात्र संकटमा पारेको छैन बरु सम्पूर्ण विश्वलाई नै संकटमा पारेको छ । रुस-युक्रेन युद्धकै कारण विश्वमा देखिएको उर्जा संकट अहिले पनि यथावत् नै रहेको छ । अझ नेपालमा यसको प्रभावलाई निकै ठूलो रुपमा हेरिएको छ । रुस-युक्रेन युद्धकै कारण हाल मुलुकमा आर्थिक संकट र महंगी लगायतका संकट उत्पन्न भएको विश्लेषण राज्यस्तरबाटै गरिने गरिन्छ । विश्वलाई नै आतंकित बनाउने सोही रुस-युक्रेन युद्धको अवस्थालाई हामीले एजेन्सीको सहयोगमा तस्विरमा कैद गर्ने प्रयास गरेका छौँ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: