Skip to content
LAXMI SUNRISE BANK

सांग्रिला डेभलपमेन्ट बैंक र एएसजी आइ केयेर एण्ड हेल्थ सर्भिसबीच सम्झौता, स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य

अर्थ सरोकार

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र एएसजी आइ केयेर एण्ड हेल्थ सर्भिसबीच बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र एएसजी आइ केयेर एण्ड हेल्थ सर्भिसको तर्फबाट निर्देशक डा. सबिन ढकालले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार एएसजी आइ केयेर एण्ड हेल्थ सर्भिसले बैंकका ग्राहक महानुभाव, कर्मचारी तथा कर्मचारीका परिवारहरुलाई विभिन्न किसिमका आँखा सम्बन्धी OPD Package, (Synoptophore, Retinoscopy etc) तथा अन्य प्याकेज सेवा लगायतका माग अनुसारका अन्य स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ सहज तरिका बाट प्रदान गर्ने भएको छ ।

आँखा चेक जाँचमा बैंकका ग्राहक महानुभावहरुलाई १० प्रतिशत छुटका साथ उपलब्ध गराइने व्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK