काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले विश्व वातावरण दिवसको अवसर पारेर यहि जेठ २० गते शनिबार डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालसँगको सहकार्यमा साइकल र्यालीको आयोजना गर्ने भएको छ ।
बैंकले गत वर्ष समेत वातावरण दिवसका दिन पहिलो बृहत साइकल र्याली सफलतापूर्वक सम्पन्न गरेको थियो । यस वर्ष ‘इन्धन जोगाऔं, पृथ्वी बचाऔं’ भन्ने मूल नाराका साथ ‘साइकल र्याली, २०८०’ को आयोजना गर्न लागेको जनाएको छ ।
साइकल र्यालीमा बैंकका कर्मचारी, गाहकवर्ग, सेयरधनी एवं बैंक प्रति सद्भाव राख्ने सम्पूर्ण शुभेच्छुकहरुको उत्साहजनक सहभागिता रहने बैंकको भनाई रहेको छ । साइकल र्याली जेष्ठ २० गते शनिबार बिहान ७ः०० बजे बैंककै वालुवाटार स्थित केन्द्रीय कार्यालयको प्राङ्गणबाट सुरु भई लगभग १० किमीको यात्रा पश्चात सानो गौचरणमा सम्पन्न हुनेछ ।
यस साइकल र्यालीबाट सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वातावरण प्रबर्द्धन प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रणमा टेवा पुर्याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ ।
यस र्यालीमा सहभागी स्वयंले साइकल एवं अन्य आवश्यक उपकरणको व्यवस्था गर्नुपर्नेछ । र्यालीमा सम्पूर्ण सहभागीलाई वातावरण दिवसको चिनो स्वरुप विरुवा प्रदान गरिने जानकारी दिएको छ ।
यसैगरि, र्यालीमा नाम दर्ता गर्ने पहिलो ३०० जनालाई टिसर्टको व्यवस्था गरिएको छ भने “लक्की ड्र” बाट एकजना भाग्यमानी सहभागीलाई साइकल समेत वितरण गरिनेछ । साइकल र्यालीलाई विभिन्न क्षेत्रका संघसंस्थाहरुको समेत आ–आफ्नो तवरबाट सहयोग तथा साथ लिएर आयोजना गर्न लागिएको बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्