×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकको दुई शाखारहित बैंकिङ सेवा विस्तार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सनराइज बैंकको दुई शाखारहित बैंकिङ सेवा विस्तार

Artha Sarokar

२१ बैशाख २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गर्दै आएको छ ।

सोही क्रममा वैशाख १५ शुक्रबार बैंकले प्रदेश ७ अन्तर्गत कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं.७ कलुवापुरमा १०१औं र डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका वडा नं. ५ देवलदिव्यपुरमा १०२औं शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको थियो ।

उक्त शाखारहित बैंकिङ सेवाहरु संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ संख्या १०२ पुगेको छ । बैंकले सेवा सञ्चालनका लागी कृष्णपुरका करम सिंह राना र देवलदिव्यपुरका नरेश भट्टलाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ । सो शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।

बैंकको हाल १३९ वटा शाखा, १३ वटा एक्सटेन्सन काउण्टर, १६२ वटा ए.टि.एम र १०२ वटा शाखारहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी