×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकको शाखारहित बैंकिङ सेवा कैलालीमा संचालन

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सनराइज बैंकको शाखारहित बैंकिङ सेवा कैलालीमा संचालन

Artha Sarokar

१ जेष्ठ २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सनराइज बैंक लिमिटेडले कैलाली जिल्लाको गौरीगंगा नगरपालिका- ३, कुचैनी कैलालीमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या १०३ पुगेको छ । बैंकले गौरीगंगा नगरपालिका ३, कुचैनी कैलालीमा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा गणेश प्रसाद पौडेललाई नियुक्त गरेको छ ।

जेठ १ गते सोमबार आयोजित एक कार्यक्रममा प्रमुख अतिथिमा गौरीगंगा नगरपालिका वडा नम्बर ३, का वडा अध्यक्ष मनिराज जोशी र सभापतीमा बैंकका अत्तरिया शाखाका प्रमुख मातृका खड्काको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा स्थानिय व्यापारी, बुद्विजिवी, समाजसेवी लगायत अन्य कार्यालयका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण जस्ता सेवाहरु लिन सकिने जनाएको छ । व्यापार, कृषि र रेमिट्यान्सको मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको  बैंकले जनाएको छ ।

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, १०३ वटा शाखारहित बैंकिङ सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६२ वटा ए.टि.एम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैंकिङ सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी