काठमाडौं । सनराइज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनगढी ५, हसनपुरको ऐश्वर्य विद्या निकेतनमा प्रभाबकारी शिक्षा संचालनका लागि ३ थान प्रोजक्टर हस्तान्तरण गरेको छ । मंगलबार आयोजित एक कार्यक्रमकाबीच बैंकका नायब महाप्रबन्धक रबिन कुमार नेपालले सो शैक्षिक संस्थाका प्रधानाध्यापक प्रेम निधी ओझालाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।
प्रधानाध्यापक प्रेम निधी ओझाले कक्षा १० देखि १२ सम्मका विद्यार्थीलाई प्रविधि मैत्री शिक्षा प्रदान गर्नका लागि सो सामाग्रीले मदत पुर्याउने जनाउँदै बैंकको सहयोगका लागि धन्यबाद ज्ञापन गरेका थिए ।
सोही दिन आयोजित अर्को एक कार्यक्रमका बीच बैंकका नायब महाप्रबन्धक रबिन कुमार नेपालले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई ३० थान डस्टबिन हस्तान्तरण गरेका थिए । सर्वसाधारणलाई फोहर व्यवस्थित ठाउँमा फाल्न प्रोत्साहन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाका चोक र सडकपेटीमा उक्त डस्टबिन राखी सहयोग गरिएको बैंकका नायब महाप्रबन्धक नेपालले बताए ।
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले स्नराइज बैंकको सहयागले स्मार्ट धनगढी बनाउने परियोजनामा टेवा पुर्याएकोमा बैंकलाई धन्यबाद दिए । यसका साथै, बैंकलेले धनगढी त्रिनगर विद्यालयमा विद्यार्थीहरुलाई आफ्ना साइकल सुरक्षित रुपमा राख्न सहज होस् भनी १०० वटा क्षमताको साइकल स्टायान्ड समेत बनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्