×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकद्वारा घोडाघोडी बहुमुखी क्याम्पसमा फिल्टर हस्तान्तरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सनराइज बैंकद्वारा घोडाघोडी बहुमुखी क्याम्पसमा फिल्टर हस्तान्तरण

Artha Sarokar

५ जेष्ठ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरु गर्ने क्रममा सनराइज बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा वाटर प्युरिफायर प्रदान गरेको छ ।

बैंकले जेष्ठ ४ गते बिहिबार आयोजित एक कार्यक्रममा विद्यार्थीहरुलाई स्वच्छ पानी पिउन सहज होस भनेर एक थान वाटर प्युरिफायर प्रदान गरेको हो । बैंकका नायब महाप्रबन्धक रबिन कुमार नेपालले घोडाघोडी बहुमुखी क्याम्पसको अध्यक्ष विष्णु प्रसाद सापकोटा र क्याम्पस प्रमुख लक्ष्मी प्रसाद भट्टराईलाई हस्तान्तरण गरेका हुन् ।

सुख्खड क्षेत्रमा शुद्ध पिउने पानीको अभाब रहेको र यस सामाजिक कार्यले त्यहाँका विद्यार्थीहरुलाई विद्यालयमा शुद्ध पिउने पानी र स्वस्थ रुपमा पठनपाठन गर्न मदत पुर्याउने क्याम्पसको अध्यक्ष विष्णु प्रसाद सापकोटाले बताए ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण लगाएतका क्षेत्रमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्दै जाने बताएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी