Skip to content
LAXMI SUNRISE BANK

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १५औं वार्षिक साधारणसभा सम्पन्न

अर्थ सरोकार

काठमाडौं ।  सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५औं वार्षिक साधारणसभा जेष्ठ ४ गते विराटनगर स्थित होटल हैरिसन प्यालेसमा सम्पन्न भएको छ ।साभारणसभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईले गरेका थिए ।

उक्त सभामा कम्पनीका सञ्चालकहरु, सेयरधनीहरु, प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत व्यवस्थापनका पदाधिकारी लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

साधारणसभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन, साविक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणहरु स्विकृत गर्नुका साथै आर्थिक वर्ष २०७९/०८० को लागि लेखापरीक्षक नियुक्ति सम्बन्धी प्रस्तावहरु पारित गरेको छ ।

सभाले सञ्चालक समितिमा संस्थापक सेयरधनी समुह ‘क’ बाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन समेत सम्पन्न गरेको छ । कम्पनीले सेयरधनी समुह ‘क’ बाट केशव प्रसाद भट्टराई, नन्द किशोर शर्मा तथा विवेक झा निर्वाचित भएका भने सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट हेमन्त नाहटा, आकाश गोल्छा तथा प्रिया तायल भएका छन् । उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै, कम्पनीले चालु आर्थिक वर्ष २०७९/०८० को चैत्र मसान्तसम्म देशभरिका आफ्ना १८१ शाखा सञ्जालमा रहेका ८६ हजार ९ सय २६ अभिकर्ताहरु मार्फत ३ लाख ७६ हजार ७ सय ४६ बीमालेखबाट प्रथम बीमा शुल्क १ अर्ब ८९ करोड ६५ लाख २१ हजार ५ सय ५८ रुपैयाँ तथा नविकरण बीमा शुल्क ४ अर्ब ३० करोड ४८ लाख ६३ हजार ९ सय ६४ रुपैयाँ गरी कुल ६ अर्ब २० करोड १३ लाख ८५ हजार ५ सय २२ रुपैयाँ आर्जन गर्नुका साथै कुल जीवन बीमा कोष २५ अर्ब ३६ करोड ९२ लाख ८० हजार १ सय ५५ रुपैयाँ, कुल लगानी २७ अर्ब ८४ करोड ८४ लाख ३९ हजार २२ रुपैयाँ, कुल दावी भुक्तानी २ अर्ब ८८ करोड ६५ लाख ६४ हजार ४३ रुपैयाँ आर्जन गरेको जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK