Skip to content
LAXMI SUNRISE BANK

बालेनको काममा अदालतको पनि साथ, ‘टुकुचा’ ढल नभई खोला नै भएको उच्च अदालतको फैसला

अर्थ सरोकार

काठमाडौं । उच्च अदातल पाटनले टुकुचा ढल नभई खोला नै हो भनेर प्रमाणित गरेको छ ।

आईतबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उच्च अदातल पाटनको फैसलाको पूर्णपाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको बताएका छन् ।

अदालतको सो फैसलाले टुकुचा खोला अर्थात इच्छुमति नदीको प्राकृतिक अधिकार पुनःस्थापन तथा संरक्षणको लागि काठमाडौ महानगरपालिका लगायत संघीय सरकारका सम्बद्घ निकायहरूको ध्यानाकर्षण समेत गरेको छ ।

अब टुकुचा खोलाको क्षेत्राधिकार भित्रको व्यक्ति विशेषको नाममा त्रुटिवश कायम हुन गएको जग्गाको कानुन बमोजिम लगत कट्टा गर्ने र त्यस्तो जग्गा महानगरवासीको सर्वोत्तम हित हुने गरी सार्वजनिक प्रयोजनमा ल्याउने सम्बन्धी आवश्यक प्रकृया अगाडि बढ्ने मेयर साहले बताएका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK