काठमाडौं । वर्ल्डलिंक र चर्चित मोबाइल गेम पब्जीबीच गेमरका लागि उच्च गतिको इन्टरनेट उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौता पत्रमा हस्ताक्षर गर्दै पब्जी मोबाइलले नेपालमा गेमिङमा अभूतपूर्व परिवर्तन गर्ने घोषणा गरेको छ ।
नेपालमा मोबाइल गेमिङको व्यापक आकर्षण बढ्दै जाँदा पब्जीले नेपालमा वर्ल्ड लिंकसँग औपचारिक सहकार्य थालेको हो । पब्जीका अनुसार नेपालभर ५० लाखभन्दा बढी सक्रिय मोबाइल गेमरहरू रहेका छन् ।
‘मोबाइल गेमिङ मनोरञ्जनको मुख्य विषय बन्ने क्रममा छ, गेम खेल्नेहरुको आवश्यकताहरूलाई सम्बोधन गर्न र उनीहरूको गेमिङको जोशलाई अझै सशक्त रूपमा पूरा गर्न हामीले नवीनतम प्रविधिको साथ अगाडि बढ्नु आवश्यक छ’ वर्ल्डलिंकका सीईओ केशव नेपालले भने, ‘यो सहकार्य त्यसकै लागि हो ।’
उनका अनुसार अब यो गेम खेल्दा गेमरले उच्च गतिको इन्टरनेट सुविधा पाउनेछन् । गेमरले अहिले पाइरहेको इन्टरनेट स्पिडलाई बढाउने गरी दुई कम्पनीले समझदारी गरेका हुन् ।
दुई कम्पनीले यो साझेदारीलाई नेपालको मोबाइल गेमिङको लागि एउटा अभुतपूर्व कदमको रूपमा व्याख्या गरेका छन् । यसले रोमाञ्चक गेमिङको जीवन्त अनुभवलाई आत्मसाथ गर्ने उनीको दाबी छ ।
‘अब थुप्रै विशेषता एवम् सुविधाहरूको साथ नेपाली मोबाइल गेमरहरूले पूर्ण रूपमा नयाँ तहको उत्साह एवम् गेमिङको अनुभव प्राप्त गर्न सक्नुहुने छ, जसले गेमिङ प्रतिको दृष्टिकोणलाई पूर्ण रूपमा परिवर्तन गर्नेछ,’ सीईओ नेपालले भने, ‘यो वृहत् भविष्यतर्फको पहिलो कदम हो, जसले मोबाइल गेमका लागि नयाँ अवसरहरू प्रदान गर्ने छ र गेमिङको जीवन्त अनुभव प्रदान गर्ने छ ।’
टेनटेक साउथ एसिया पब्लिसिङले पनि इकोसिस्टम परिवर्तनसँगै मोबाइल गेमिङको लागि नेपाल प्रमुख क्षेत्र बनेको बताएको छ ।
टेनटेक साउथका अनुसार पब्जी खेलका प्रतिभाहरुले ग्लोबल एस्पोर्ट्स इभेन्टहरूमा प्रतिस्पर्धा समेत गर्दै आएको पीएमजीसीमा डीआरएस, डेडआइज गाइज, स्काइलाइट्न गेमिङ र टीटूकेजस्ताले गरेको प्रदर्शनले नेपालमा पब्जीको प्रवर्द्धनको सम्भाव्यता देखाएको छ ।
‘यस्ता प्रतिभाहरू देख्न पाउँदा ठूलो सन्तोष एवम् आनन्द समेत मिल्छ,सीआर–सेभेनरफोरकेगेमिङ जस्ता प्रतिभाहरू हरेक दिन बढ्दै गएका छन्, र हाम्रा प्रयासहरू पनि यस्ता गेमिङ समुदायलाई बढाउदै लैजानु पनि हो,’ टेनटेक साउथ एसिया पब्लिसिङले भनेको छ, ‘हामी मनोरञ्जन मात्र होइन, व्यावसायिक रूपमा अघि बढ्ने अवसरहरू प्रदान गर्न निरन्तर केन्द्रित छौं ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्