काठमाडौं । ओहो गर्मी ! के भन्ने रु अनि यस्तो बेलामा के गर्ने रु काम गरौँ, गर्मीले अल्छी बनाएको छ, काममा रुची नै छैन । खाना खाउँ, कि त चिसो, कि त पानीपुरीबाहेक केहि रुच्दैन । कसरी खानु रु घरमै बसौं, कोठै गर्मी छ, बाहिर हिडौ, ज्यान नै डढनेगरी गर्मी छ। साथीहरुसँग भेट्न जाउँ, गर्मीका कारण कोहि बाहिर निस्किन मान्दैनन, निस्की हाले पनि २० रुपैयाँको चियाले काम चल्ने गफमा १०० रुपैयाँको लस्सीको बिल थपिन्छ ।
अझ व्यवसायीको पीडा गर्मीमा झन् ठुलो छ । पसलमा बस्यो, यस्तो गर्मीमा को ग्राहक आउनु रु आए पनि उही एकछिन सामान हेरे जस्तो गर्छन्, एसी वा फ्यानको हावा खाएर जान्छन् । चिया पिउं त रु भनेर सोध्नुपर्ने ग्राहकलाई दिउँसो गर्मीमा चिया सोध्ने कुरै भएन, चिसो वा लस्सी पिलाउने हो भने सामान बेचेको मार्जिन त्यहीं सकिन्छ । उधुम गर्मी भएपछि फ्यान वा एसी चलाउनै पर्यो, व्यापार घट्दो छ, तर यहि गर्मीले बत्तिको बिल बेहोस हुनेगरी उठाउँछ ।
मजदुरको समस्या झन् उस्तै छ । यस्तो गर्मीमा नेपालमै काम गरिरहेको छु वा खाडीमा छु भन्ने कन्फ्युजन हुनेगरी आईपरेको उखरमाउलो गर्मीले काम गर्न सकस छ, गर्मीमा बल्ल बल्ल काम गर्यो, एक कप चिसो खाउँ कसैले भन्दैन, ज्यानबाट पसिना यसरी बग्छ, मानौं, ज्यानबाट पसिना होइन, मूल फुटेर पानी बगिरहेको छ । र पनि के गर्नु रु गर्मीले ओहो तिमीलाई गाह्रो भो नभन्ने रहेछ, घाम त लागेको लाग्यै अनि गर्मी बढेको बढ्यै ।
सुरुमा लागौं कसैले वास्ता नगरेका तर गर्मीले सार्है पिरोलेको एउटा बर्गबारे बुझ्न । हो, यो उखरमाउलो गर्मीमा ट्राफिक जाम व्यवस्थापन गर्न कति गाह्रो हुँदो हो ट्राफिक प्रहरीहरुलाई । र पनि उनीहरुको समस्या बुझ्ने निकाय यो देशमा कुनै छैन । विहान १० बजे देखि नै गर्मीले कायल बनाईहाल्छ । दिउँसोदेखि सांझको गर्मी कुरै नगरौं । अरुहरु बरु गर्मी छ भनेर सितल ताप्न पनि पाउँछन् तर ट्राफिक प्रहरीहरुलाई त त्यो सेवा पनि छैन । न भत्ता छ, न प्रोत्साहन छ, न कसैले एक बोतल चीसो पानी ल्याएर दिन्छ । अहँ कसैले देखेको छैन यो गर्मीमा ट्राफिक प्रहरीको पीडा ।
कहिलेकाहीं त ट्राफिक दाईदिदिहरुलाई लाग्दो हो, मिल्ने हो भने स्याण्डो र हाफ पाइन्ट लगाएर सिट्ठी फुकौं, तर ड्रेसकोडको अनुशासनले त्यो पनि दिएन । कहिलेकाहीं त चीईईइसो पानी पाए आधा गाग्रा नै बुत्याउँछु भनेझैं लाग्दो हो ट्राफिक प्रहरीहरुलाई तर, कसैले चीसो पानी पिलाउने वाला छैन । भएको पानी, गर्मीले उम्लेको हो कि नउमालेको हो भन्ने नै कन्फ्युजन हुनेगरी तातो बनाउँछ । मुख धुनेसमेत मेलोमेसो मिल्दैन, मिले पनि त्यहि तातो पानीले मुख धुनुको केहि अर्थ छैन । न घाममा डढने गरी काम गरेको अतिरिक्त पैसा आउँछ, न केहि । बस यो गर्मीमा थप दिमाग तातो बनाउनेगरी ट्राफिक मिच्नेहरु बढेका छन् । गर्मी बढ्यो भनेर दिउँसै चीसो बियर दन्काउनेहरुका कारण झन् समस्यामा परेका छन् ट्राफिक प्रहरीहरु । अनि यहि बेला भीआईपीको सवारीले त कतिसम्म तनाव दिन्छ के भन्ने ? तर यो गर्मीले पारेको पिरलोको कथा कसलाई सुनाउने । यस्तै गर्मी बढिरहने हो भने त ट्राफिकको जागिर नै खान नसकिएलाजस्तो भईसक्यो, अनुहार डढेर घरमा छोराले बाउ नचिन्लाजस्तै भईसक्यो, तर कसले सुन्ने ट्राफिक प्रहरीको पीडा, कसले बुझ्ने देशको सेवा गरिरहेका यी ट्राफिक प्रहरीको गर्मीतनाव रु सरकारले गर्मी त रोक्न सक्दैन, तर यस्तो गाह्रो गरेर काम गर्नेहरुलाई प्रोत्साहनको नीति ल्याउन भने पक्कै सक्छ । यस विषयमा सरकारले सोच्नुपर्ने बेला भएको छ ।
काठमाडौँमा बर्षौंदेखि बस्नेहरुले नै भन्छन्, यस्तो गर्मी त सायदै अनुभव गरिएको थियो । हुन पनि बर्षौं पछी सार्है गर्मी भएको छ काठमाडौँ लगायतका शहरहरुमा । पीच नै पग्लिएलाजस्तो गर्मी । रोडमा अम्लेट राख्यो भने पनि पाक्नेजस्तो गर्मी । खाली खुट्टाले रोडमा टेक्नु र अंगेनोमा टेक्नु उस्तै उस्तै भईसक्यो । हावा पनि यति तातो भईसक्यो कि के भन्ने, खाडी नजाउ आफ्नै देशमा बस्नुपर्छ भन्नेहरुले पनि गर्मी त खाडी र नेपाल उस्तै उस्तै भईसक्यो अव जता बसे पनि हुन्छ भन्नेसम्मको स्थिथि आईसक्यो । अरु त अरु, हिमालको काखमा रहेका ठाउँहरुमासमेत धेरैपछी मौसम तातिएको छ । ४-५ डिग्री तापक्रम हुने ठाउँहरुमा १२(१५ डिग्रीसम्मको तापक्रम मापन भएको छ । शहरहरुको कुरै छोडौं, ३०/३५ डिग्री तापक्रम त नर्मल भईसक्यो । गर्मी ठाउँहरुमा झन् कति गर्मी छ के भन्ने ?
गर्मीले यतिसम्म पिरोलेको छ कि अहिले तराईका विभिन्न सरकारी कार्यालयमा समेत कर्मचारीहरु कम्मरमाथिको सबै कपडा फुकालेर काम गरिरहेका छन् । गर्मी यतिसम्म बढेको छ कि, फ्यान चल्दा पनि, यो फ्यान चलेको मात्र छ कि हावा चिसो पनि फालिरहेको छ भन्ने कुरा नै कन्फ्युजन हुनेगरेको छ । फेरी यहि बेला फ्याट्ट फ्याट्ट बत्ति जान्छ, त्यसपछी त हालत कुन हदसम्म खराब हुन्छ, त्यसको के कुरा गर्नु र !
जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं, पोखरा, जनकपुरसहित देशका विभिन्न क्षेत्रमा ‘हिट वेभ’ देखिएको छ, जसका कारण यति धेरै गर्मी अनुभव भईरहेको छ । अत्यधिक गर्मीका कारण देशका विभिन्न स्थानमा विद्यालय बन्द गरिएका छन् । विद्यालय बन्द हुँदा पनि के गर्नु रु सधैं स्वीमिङ गर्न जाने आर्थिक हैसियत हुँदैन, काठमाडौँमा पौडी खेल्ने खोला छैन । निम्न आय भएका वा मध्यम स्तरका घरका केटाकेटीहरु त झन् बिरामी पार्लान भन्ने पीर भएको छ यति बेला । र त पानी पर्न लाग्यो भने पनि दशैं आयो जसरी खुसी हुन थालेका छन् केटाकेटीहरु ।
अस्ती भन्दा हिजो गर्मी, हिजो भन्दा आज गर्मी । काठमाडौं, पोखरा, चितवन, झापा, सुनसरी, इलाम, बारा, धनुषा, कपिलवस्तु, रुपन्देही, सिन्धुली, अर्घाखाँची, कैलाली लगायत जिल्लाको तापक्रम यसरी बढेको छ, कि यसरी देशको आर्थिक स्थिति बढ्ने हो भने नेपाल विश्वकै सबैभन्दा धनी देश हुन्थ्यो होला । र गर्मी अझै कति बढ्ने हो थाहा छैन । नेपालमा विशेष गरी मे र जून महिनामा अत्यधिक गर्मी हुने गरेको छ। तर यसपटक गर्मी पनि अलि बढी नै गरम भएर गर्मी उखरमाउलो बनेको छ ।
यस्तो गर्मीका बेलामा सबैले आआफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला । र सरकार हामी त सहन्छौँ गर्मी तर ती गर्मीमा हाम्रै सुविधाका लागि भीडीरहेका ट्राफिक प्रहरीहरुलाईचाहिं अलिअलि भए पनि प्रोत्साहन देउ न है, राहत देउ न है । सकेसम्म हामीले पनि ट्राफिक प्रहरीलाई बाटो पर्दा यसो चीसो पानी दिउँ नै। चिसो सफ्ट ड्रिंक्स वा जुस दिए झनै राम्रो । हाम्रै सुविधाका लागि यो टीठलाग्दो गर्मीमा निरन्तर खटिरहेका ट्राफिक प्रहरीहरुलाई माया गरौँ नै है । सरकार प्लीज यति बुझिदेउ न है ।https://www.youtube.com/watch?v=ISiyz3Hl_Kw&t=150s
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्