Skip to content
LAXMI SUNRISE BANK

‘वान एक्स बेट’को विज्ञापन गरेको भन्दै ‘बल्छी ध्रुवे’ पक्राउ

अर्थ सरोकार

काठमाडौं । प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा संलग्न रहेको भन्दै नेपालका चर्चित कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे) पक्राउ परेका छन् । नेपालमा प्रतिबन्ध रहेको ‘वान एक्स बेट’मार्फत सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा बल्छी ध्रुवेसहित ८ जना पक्राउ परेका हुन् ।

अनुसन्धानका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले स्रोतले बताएको छ ।

सट्टेबाजी गर्ने र ‘वान एक्स बेट’को विज्ञापन गरेको भन्दै चर्चित कलाकार बल्छी ध्रुवेसहित ८ जना पक्राउ परे पनि हालसम्म प्रहरीले पक्राउ परेकाहरुको नाम सार्वजनिक भने गरेको छैन । प्रहरी स्रोतका अनुसार थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गरेपछि मात्रै पक्राउ परेकालाई सार्वजनिक गर्ने तयारी गरिएको छ ।

उनीहरुविरुद्ध युट्युबमार्फत ‘वान एक्स बेट’को विज्ञापन गरेको आरोप लागेको छ । युट्युबमा पनि उनीहरुले प्रोमो कोड प्रयोग गरी छुट पाउन सकिन्छ भन्दै विज्ञापन गरेको देखिन्छ । बुधबार मात्रै प्रहरीले ‘वान एक्स बेट’मार्फत सट्टेबाजी गर्ने पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरिएको थियो । उनीहरुले ६३ वटा विभिन्न खाता खोलेर ६४ करोडको कारोबार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK