×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सरकार ‘गेम’ भन्दा ‘नेम चेन्ज’ गर्नमा केन्द्रित भयो, गाँजाखेतीले मुलुकलाई त्रासदीपूर्ण विपत्तितर्फ लतार्छ’- विष्णु पौडेल

PRIME CA

‘सरकार ‘गेम’ भन्दा ‘नेम चेन्ज’ गर्नमा केन्द्रित भयो, गाँजाखेतीले मुलुकलाई त्रासदीपूर्ण विपत्तितर्फ लतार्छ’- विष्णु पौडेल

अर्थ सरोकार

२८ जेष्ठ २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारले बजेटमार्फत गाँजाखेतीलाई वैधानिकता दिने गरी गरेको घोषणाले मुलुकलाई संकटमा पुर्याउने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै पौडेलले यस्तो बताएका हुन् ।

‘यो बजेटले नेपाली विकासको एजेण्डालाई बेवास्ता गरेको छ र गाँजा खेतीतिर भौँतारिएको छ ।’, पूर्व अर्थमन्त्री पौडेलले भने, ‘व्यवस्थापन क्षमतामा विश्वसनीय सुधार नगरी गाँजा खेतीतिर लाग्ने हो भने यसले मुलुकलाई त्रासदीपूर्ण विपत्तितर्फ लतार्नेछ ।’

त्यस्तै, पौडेलले सरकारले वडा र पालिकास्तरबाटै सम्पन्न हुने सानासाना प्रकृतिका योजनामा पनि बजेट छरेको आरोप लगाएका छन् । ‘बिना अध्ययन साना आयोजनामा बजेट विनियोजन गर्दिन र बजेट छर्दिन भन्ने माननीय अर्थमन्त्री ज्यूको प्रतिवद्धता स्वयम बजेटले खण्डित गरेको छ ।’, उनले भने, ‘यो बजेटले अघिल्लो पटकका सबै जनमैत्री योजनालाई निश्क्रिय पारेको छ । समग्रमा सरकार ‘गेम’ भन्दा ‘नेम चेन्ज’ गर्नेमा केन्द्रित देखिएको छ ।

अध्ययनबिना यो सरकारले प्रस्तुत गरेको बजेटमा खानेपानीजस्तो आधारभूत क्षेत्रमा समेत चालु आर्थिक वर्षको भन्दा १.६१ प्रतिशतले बजेट घटाएर सरकार असंवेदनशील छ भन्ने कुरा प्रष्ट पारेको पौडेलले बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: