Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्स बैंकद्वारा विश्व वातावरण दिवसको उपलक्ष्यमा ‘बृहत वृक्षारोपण’ सम्पन्न  

अर्थ सरोकार

काठमाडौं । ‘बिट द प्लाष्टिक’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबर्द्धन गर्ने हेतुले सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेठ २२ गते शान्तिनगर, काठमाडौंमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
द रिभोलुसन प्रोजेक्टसँगको सहकार्यमा विश्व वातावरण दिवस २०२३ को दिन बृहत वृक्षारोपण कार्यक्रम शान्तिनगर वडा नम्बर ९ मा करिव २५० भन्दा बढि विभिन्न प्रजातिका विरुवा रोपि सम्पन्न भएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका विभिन्न स्थानहरुमा स्वास्थ्य शिविर संचालन, समुदायिक विद्यालय एवम् मठ मन्दिरहरुमा सहयोगहरु गरिसकेको छ ।
हाल, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट  करिव १५ लाख ७२ हजार ग्राहकवर्गलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK