Skip to content
LAXMI SUNRISE BANK

सभिल लघुवित्तद्वारा पीडितको ऋण मिनाहा तथा बिमा दाबी रकम भुक्तानी

अर्थ सरोकार

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय विरुवागुठी, पर्साले बिमा दावी रकम भुक्तानी गरेको छ ।

पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नं.२८, बगही टोलमा रहेको केन्द्र नं. ३३ कि सदस्य लालकुमारी देवीको मृत्यु पश्चात निज सदस्यको श्रीमान् अर्जुन हजरा दुसादलाई बिमाको क्षतिपुर्ति रकम उपलब्ध गराईएको हो ।

सदस्य लालकुमारी देवीले संस्थाबाट २ लाख ५० हजार कर्जा लिएकोमा सदस्यको मृत्यु पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरी कर्जा बिमा अन्तर्गत सदस्यको मृत्यु पश्चात दिइने काजक्रिया खर्च २५ हजार तथा तिरेको किस्ता रकम दुई लाख समेत फिर्ता गरी जम्मा रकम२ लाख २५ हजार निज सदस्यको श्रीमान अर्जुन हजरा दुसादलाई एकमुष्ट भुक्तानी गरिएको संस्थाका शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादवले बताएका हुन् ।

संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उद्देश्य अनुरुप आवश्यकता अनुसार विभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ । दुःखको समयमा संस्थाले सहयोग स्वरुप रकम उपलब्ध गराईदिएको भन्दै केन्द्रका सम्पुर्ण सदस्यहरुले संस्थालाई धन्यवाद दिएका छन् ।

उक्त रकम प्रदान कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादव तथा कर्मचारी अर्जुन कुमार यादव र सो केन्द्रका केन्द्र संचालक शिव कुमार पटेलको उपस्थिति रहेको थियो भने केन्द्रका सदस्यहरुको उपस्थिति पनि रहेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK