×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल लघुवित्तद्वारा पीडितको ऋण मिनाहा तथा बिमा दाबी रकम भुक्तानी

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सिभिल लघुवित्तद्वारा पीडितको ऋण मिनाहा तथा बिमा दाबी रकम भुक्तानी

Artha Sarokar

२५ जेष्ठ २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय विरुवागुठी, पर्साले बिमा दावी रकम भुक्तानी गरेको छ । पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नं.२९, मुसैली टोलमा रहेको केन्द्र नं. ३६ कि सदस्य सवरिया देवीको श्रीमान् रधुनाथ महतो धानुकको मृत्यु पश्चात निज सदस्यलाई बिमाको क्षतिपुर्ति रकम उपलब्ध गराएको हो ।

सदस्य सवरिया देवीले संस्थाबाट २ लाख ५५ हजार कर्जा लिएकोमा सदस्यको श्रीमानको मृत्यु पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरी कर्जा बिमा अन्तर्गत दिइने काजक्रिया खर्च २५ हजार तथा तिरेको किस्ता रकम १ लाख ६० हजार समेत फिर्ता गरी जम्मा रकम १ लाख ८५ हजार  निज सदस्य सवरिया देवीलाई एकमुष्ट भुक्तानी गरिएको कुरा संस्थाका शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादवले बताएका थिए ।

संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार विभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ । दुःखको समयमा संस्थाले सहयोग स्वरुप रकम उपलब्ध गराईदिएको भन्दै केन्द्रका सम्पुर्ण सदस्यहरुले संस्थालाई धन्यवाद दिएका हुन् ।

उक्त रकम प्रदान कार्यक्रममा शाखाको तर्फबाट  शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादव तथा कर्मचारी अर्जुन कुमार यादव र सो केन्द्रका केन्द्र संचालक रामसरण कुमार महराको उपस्थिति रहेको थियो भने केन्द्रका सदस्यहरुको उपस्थिति पनि रहेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी