×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दराजद्वारा ‘पे-डेको झट्का’ योजना सार्वजनिक, हरेक महिनाको ७ गते समान खरिद गर्दा नि:शुल्क डेलिभरी

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

दराजद्वारा ‘पे-डेको झट्का’ योजना सार्वजनिक, हरेक महिनाको ७ गते समान खरिद गर्दा नि:शुल्क डेलिभरी

Artha Sarokar

७ असार २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । दराजले आफ्ना ग्राहकहरुलाई मध्यनजर गर्दै ‘पे-डेको झट्का’ घोषणा गरेको छ । प्रत्यक महिनाको ७ गते सपिङ गर्दा आकर्षक लाभहरूको आनन्द लिनको लागि ‘पे-डेको’ सुरुवात गरिएको दराजले जनाएको छ ।

‘पे-डेको झट्का’ अभियान ४ दिन (असार ७ गतेदेखि १० गतेसम्म) को लागि सक्रिय रहने छ र यसको ट्यागलाइन, ‘किनमेल पनि बचत पनि’ ले दराज अनलाइन सपिङका साथै पर्याप्त बचतको दोहोरो फाइदाहरूमा जोड दिएको छ । दराजले किनमेल मात्र नभई बचतमा पनि जोड दिएको छ  तसर्थ मासिक आम्दानी गर्नेहरुका लागि उच्च स्तरिय सपिङ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

‘पे-डेको झट्का’ ग्राहकहरुको लागि एक अवसरको रुपमा अगाडि आएको छ । अब हरेक महिनाको ७ गते दराजबाट सामान खरिद गर्दा ग्राहकहरुले नि:शुल्क डेलिभरीको सबिुधा पाउने कम्पनीले जनाएको छ । साथै, ग्राहकहरूले ७ सय ७७ रुपैयाँ सम्मको भाउचरहरू पनि प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, दराजले पनि अभियानको क्रममा esewa मार्फत २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।  त्यसैगरी, दराज मलबाट सामान किन्दा मेगा गिवअवेको रुपमा ग्राहकहरुले samsung mo4 प्राप्त गर्न सक्नेछन् । थप जानकारीका लागि र क्याम्पेनमा सहभागी हुन ग्राहकहरूले दराजको वेबसाइटमा गएर वा दराज मोबाइल एप डाउनलोड गर्न सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी