काठमाडौं । फिनटेक सेन्टर नेपालले विभिन्न बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कार्यकारीहरूलाई असार १ गते शुक्रबार आर्यन बुटिक होटल काठमाडौंमा डिजिटल बैंकिङ सम्बन्धी वर्कशप कार्यशाला गोष्ठि सम्पन्न भएको छ ।
सो कार्यशालाका स्रोत व्यक्तिको रूपमा आईटी विज्ञ तथा डिजिटल इन्टरप्राइज आर्किटेक्ट विवेक राणा थिए । उनको कार्यपत्र प्रस्तुतिकरण अनुसार नेपालमा डिजिटल बैंकिङमा कसरी सहज सरल र अझ विश्वसनीय ढंगले सुविधा प्रदान गर्न सकिन्छ भन्नेमा केन्द्रित थियो ।
प्रथम सत्रमा डिजिटल बैंकिङ ड्राइभर र डिजिटल इको सिस्टम इन नेपाल सम्बन्धी प्रस्तुतिकरण, दोस्रो सत्रमा डिजिटल स्ट्राटिजिज र डिजिटल बैंकिङ सम्बन्धी परिचय तथा अवधारणा प्रस्तुतिकरण, तेस्रो सत्रमा सेटिङ अप डिजिटल बैंकिङ प्रस्तुतिकरण साथै डिजिटल बैंकिङ सम्बन्धी केश स्टडिज र सहभागीहरुबाट प्रस्तुतिकरण रहेको थियो ।
सो एकदिने कार्यशाला बिहान ९ बजेदेखि दिउँसो ५:३० बजेसम्म सञ्चालन भएको थियो । डिजिटल बैंकिङ रणनीति र अवसर बारे वृहत एकदिने सो डिजिटल बैंकिङ कार्यशाला नेपालमै पहिलो पटक आयोजना भएको आयोजक तथा फिनटेक सेन्टर नेपालका अध्यक्ष मिलन राज नेपालीले जानकारी दिएका थिए ।
नेपालीका अनुसार वर्कशपमा बैंक तथा वित्तीय संस्थाका कार्यकारी, विभाग प्रमुख, वरिष्ठ प्रबन्धक र डिजिटल बैंकिङमा चासो राख्ने भेन्डर तथा परामर्शदाताहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्