×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एलिट क्यापिटल लिमिटेडद्धारा रिलायबल नेपाल लाइफको सेयर प्रत्याभूति

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एलिट क्यापिटल लिमिटेडद्धारा रिलायबल नेपाल लाइफको सेयर प्रत्याभूति

Artha Sarokar

१९ जेष्ठ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एलिट क्यापिटल लिमिटेडले प्रिमियम मुल्यमा आइपिओ निष्कासन गर्न लागेको रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडको सेयर अण्डरराईटिग (धितोपत्र प्रत्याभूति) गरेको छ । एलिटले रिलायवलको ५४ करोड बराबरको धितोपत्र प्रत्याभूति गरेको हो । बुधवार रिलायवल लाईफ र एलिट क्यापिटलबीच यस सम्बन्धि सम्झौता भएको हो । यससम्बन्धि सम्झौतामा रिलायवल लाईफका सिईओ नारायणबाबु लोहनी र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गरेका हुन् ।

रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले अंकित मूल्य १०० मा थप ११२ प्रिमियम थपेर प्रतिकित्ता २१२ मा ६० लाख कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको हो । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि गत साउन १२ गते निवेदन दिएको थियो ।

बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि रेटिङ सम्पन्न गराइसकेको छ । उक्त आईपीओलाई केयर रेटिङ नेपालले केयर एनएपी त्रिपल बी रेटिङ प्रदान गरेको हो । हाल कम्पनीको चुक्तापूँजी  १ अर्ब ४० करोड रहेको छ । कम्पनीले बीमा समितिले तोकेको न्यूनतम पूँजी २ अर्ब पुर्‍याउनका लागि ६० करोड बराबरको आईपीओ निष्कासन गर्न लागेको हो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी