काठमाडौं । इसेवाले यूएसएड, तयार र शिखर इन्स्योरेन्ससँगको साझेदारीमा बीमा प्रक्रियालाई डिजिटाइज गरी अझ सरलीकरण गर्न घरबीमा सुविधा ल्याएको छ।
हाललाई यो योजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकामा लागू हुने भएको छ । साथै, अन्य इच्छुकले पनि नेपालभर नै यो सुविधा लिन सक्नेछन् ।
उक्त योजना इसेवाको मोबाइल एपभित्र रहेको इन्स्योरेन्स शीर्षकमा सूचीबद्ध सेवामार्फत सजिलै घरबीमा खरिद गर्ने सुविधा प्राप्त गर्न सकिनेछ । बीमा नीतिअनुसार रु. १ करोडसम्मको बीमा हुने यस योजनामा वार्षिक रु. ५०० देखि ४५ सय रुपैयाँसम्म भुक्तानी गर्नु पर्नेछ । बीमा मूल्य घरको विश्वसनीयता र मूल्य निर्धारणबाट तय हुने जनाइएको छ ।
यस योजनामा सहभागी हुन घरधनीले घरको तस्बिर, अपेक्षित मूल्य र त्यसको सम्पत्ति विवरण इसेवमा एपमार्फत अपलोड गर्नुपर्ने हुन्छ । इसेवाले यसअघि नै ग्राहक तथा ग्राहकका आफन्त र साथीभाइमा लागू हुने गरी इसेवा केयर सञ्चालनमा ल्याइसकेको छ ।
हाल इसेवाको सेवा एन्ड्रोइड तथा आईओएस मोबाइलमार्फत करिब ७० लाख ५० हजार ग्राहकले सेवा लिइरहेका छन् । यसैगरी देशभर रहेका २ लाखभन्दा बढी एजेन्टमार्फत अप्रत्यक्ष रुपमा डेढ करोडभन्दा बढी जनसंख्याले सेवा लिइरहेका छन् ।
इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयको शुल्क भुक्तानी, हवाईजहाज र बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका सुविधाको भुक्तानी गर्न सकिन्छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्