×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इसेवामार्फत पहिलो पटक कारोबार गर्दा ‘आइफोन १४’ जित्ने मौका

PRIME CA
GLOBAL IME BANK

इसेवामार्फत पहिलो पटक कारोबार गर्दा ‘आइफोन १४’ जित्ने मौका

४ असार २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । इसेवाले पहिलोपटक कारोबार गर्दा आइफोन १४ जित्न सकिने अफर सार्वजनिक गरेको छ ।  नयाँ तथा एकाउन्ट भएर पनि हालसम्म कारोबार नगरेका ग्राहकलाई लक्षित् गर्दै इसेवाले पहिलो पटक कारोबार गर्दा भाग्यशाली एक जना विजेताले आइफोन १४ र १० प्रतिशत क्यासब्याक जित्न सकिने अफर सार्बजनिक गरेको हो ।

उक्त योजनामा सहभागी हुन Send Money बाहेक पहिलो पटक कुनै पनि किसिमको शुल्क भुक्तानी वा कारोबार गरेको हुनुपर्नेछ । साथै यस योजनामा प्रोमोकोड ‘FIRST10’ प्रयोग गरेर आफ्नो पहिलो कारोबारमा १०% (रु. २० सम्म) को क्यासब्याक समेत पाउन सकिने कम्पनीले जनाएको छ ।

इसेवाले सार्वजनिक गरेको यो अफर असार २० गतेसम्म लागु हुनेछ । यस योजनामा सहभागी हुने कुनै पनि अप्रमाणित प्रयोगकर्ताहरूले आईफोनको लागि योग्य हुन असार २० गतेभित्र आफ्नो पहिलो कारोबार पूरा गर्नुपर्नेछ । प्रोमोकोड मार्फत प्राप्त हुने क्यासब्याक रकम २४ घण्टा भित्र सम्बन्धित व्यक्तिको इसेवा एकाउन्टमा जम्मा हुनेछ भने भाग्यशाली आइफोन विजेताको घोषणा असार ३० गते इसेवाको फेसबुक पेजबाट मार्फत गरिने जनाईएको छ ।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७० लाख ५० हजार ग्राहकले सेवा लिइरहेका छन् । देशभर रहेका दुई लाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: