×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

सरकार विरुद्ध सेयर लगानीकर्ताको आन्दोलन चर्किने बुझेपछि साबिककै कर नीति लगाउनेगरी विभागमा पत्राचार गर्ने अर्थ मन्त्रालयको तयारी !

SAGARMATHA CEMENTS

काठमाडौँ । ३९ प्रतिशतसम्म कर तिर्नुपर्ने गरी आएको व्यवस्था विरुद्ध सेयर लगानीकर्ताहरु आन्दोलनमा उत्रिएकोबारे अर्थमन्त्रीका सल्लाहकारहरुले अर्थमन्त्री डा। प्रकाशशरण महतलाई ुब्रिफिङु गरेका छन् । उनीहरुले सेयर लगानीकर्ताको आन्दोलन थप चर्किने देखिएको र आन्तरिक राजश्व विभागको विज्ञप्तिबाटसमेत उनीहरु सन्तुष्ट नरहेको भन्दै मन्त्री डा। महतलाई ुब्रिफिङु गरेका हुन् । सल्लाहकारको ब्रिफिङ सुनेपछि उनले आज बाटो हेर्ने र अवस्था सरकारकै चर्को विरोध हुनेगरी आएमा आन्तरिक राजश्व विभागलाई पत्र लेखेर साबिककै करका दर कायम गर्नेगरी अघि बढ्न र सोहि अनुसारको स्पष्ट व्यवस्था सार्वजनिक गर्न अनुरोध गर्ने निर्णय लिएको बुझिएको छ ।

‘हामीले अर्थमन्त्रीलाई सेयर लगानीकर्ताको आन्दोलनबारे सबै ब्रिफिङ गरिसकेका छौं । उहाँले आन्दोलन चर्किने अवस्था भयो भने आन्तरिक राजश्व विभागलाई पत्र लेखेर पूरानै व्यवस्था कायम गर्न लगाउने कुरा गर्नुभएको छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै स्रोतले भन्यो-‘अव सेयर लगानीकर्ताको आन्दोलनले चर्को रुप लियो भने अहिलेको नयाँ व्यवस्थाबाट पछि हट्ने, तर आन्दोलन मथ्थर भयो भने पेलेरै जानेगरी छलफल भएको छ ।’

२०७५ सालमा पनि यसरी सेयर लगानीकर्तालाई मार पर्नेगरी आएको व्यवस्था पछि लगानीकर्ताको आन्दोलन चर्किएपछि फिर्ता भएको थियो । बिहीबार सेयर लगानीकर्ताहरुले सरकारले ल्याएको नयाँ व्यवस्थाको विरोध गर्दै विभिन्न ब्रोकरहरुमा टिएमएस बन्द गराउने, ताला लगाउनेजस्ता काम गरेका छन् । साबिकको व्यवस्थामा ५ देखि ७.५ प्रतिशतसम्म लाभकर लगाईदै आएको थियो । अहिले सो करलाई अन्तिम कर नमानी ५० लाख रुपैयाँ भन्दा माथि नाफा भएको खण्डमा ३९ प्रतिशतसम्म कर लगाउनेगरी व्यवस्था आएको छ । र,यहि व्यवस्थाविरुद्ध सेयर लगानीकर्ताहरुले चरणबद्ध आन्दोलनको घोषणासमेत गरेका छन् । जसअनुरुप माइतीघरमा धर्नादेखि अर्थमन्त्रीको घर घेर्ने कार्यक्रमसमेत रहेको सेयर लगानीकर्ताका नेता तिलक कोइरालाले बताएका छन् ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal