काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रिमियममा आइपिओ निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएसँगै प्रतीकित्ता २३६.९१ रुपैयाँमा कम्पनीले आफ्नो जारी पुँजीको ३०% ले हुने १ करोड २० लाख कित्ता सेयर सर्वसाधारणको लागि जारी गर्ने भएको हो ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापीटल लिमिटेड रहेको छ । आइपिओ निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर ट्रिपल बी इस्युअर’ रेटिङ प्रदान गरेको हो । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले रु.२ अर्ब ९८ करोड ५८ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीले कम्पनीले रु.२ अर्ब ८९ करोड ४ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको चुक्ता पूँजी रु.२ अर्ब ८० करोड रुपैयाँ रहेको छ ।
यस अवधिसम्ममा कम्पनीको जगेडा कोषमा रु.१ अर्ब १० करोड ५ लाख रुपैयाँ संचिती रहेको छ । यसैगरी जीवन बीमा कोषमा रु.६ अर्ब ७ करोड ७३ लाख रुपैयाँ रहेको छ र कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा रु. ८ अर्ब ४ करोड ७१ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, तेश्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा रु. १८ करोड २४ लाख रुपैयाँ रहेको छ । यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ६७ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्