×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कित्ताकाट खोल्ने सरकारको घोषणापछि पनि जग्गाको कारोबार बढेन, कर्जा प्रवाह ६९ प्रतिशतले घट्यो !

PRIME CA

कित्ताकाट खोल्ने सरकारको घोषणापछि पनि जग्गाको कारोबार बढेन, कर्जा प्रवाह ६९ प्रतिशतले घट्यो !

अर्थ सरोकार

२९ जेष्ठ २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सरकारले घरजग्गा कारोबार सहज हुने गरी नीति परिमार्जन गरे पनि बैंकहरुमा कर्जा प्रवाह भने बढ्न सकेको छैन । यसअघि बैशाख ५ गते मन्त्रिपरिषद्को बैठकले नै जग्गगाको कित्ताकाट सहज बनाउने प्रतिवद्धता जनाए पनि कारोबार भने बढ्न सकेन ।

सरकारको उक्त निर्णयपछि बैशाखमा देशभरका विभिन्न मालपोत कार्यालयबाट ४२ हजार ४६१ वटा घरजग्गा किनबेच भएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यो संख्या गत चैतको भन्दा ७ हजारले कम हो । यसो त घरजग्गा कारोबार नबढ्नुको मुख्य कारण सरकारले गरेको निर्णय कार्यान्वयन नहुनु रहेको घरजग्गा व्यवसायीहरुको भनाई छ ।

यसअघि घरजग्गा व्यवसायीहरुले कित्ताकाट व्यवहारिक नभएको भन्दै निरन्तर सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । तर, हालसम्म विभिन्न पटक सरकारले कित्ताकाट सहज गर्ने प्रतिवद्धता जनाए पनि सरकारले त्यसको कार्यान्वयन हुन सकेको छैन । यसो त सरकारले आगामी आर्थिक वर्ष २०८० ८१ को बजेटमा जग्गा कित्ताकाट खुला गर्ने घोषणा गरेको छ ।

यता घरजग्गा कारोबारसँगै कर्जा लगानी पनि घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चैतको तुलनामा बैशाखमा कर्जा प्रवाह ह्वात्तै घटेको हो । चैतमा बैंक तथा वित्तीय संस्थाहरुले ७ अर्ब ५२ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तर, बैशाखमा बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब २८ करोड २६ लाख रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ, जुन चैतको तुलनामा ६९.६० प्रतिशतले कम हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: