काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष वीर बहादुर अधिकारीको अध्यक्षतामा द एसआर होटल रुपन्देहीमा असार ४ गते कम्पनीको साधारणसभा सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै, संस्थाले चुक्ता पुँजी १६ करोडको आधारमा १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागी ०.७५ प्रतिशत नगद लाभांश पारित गरेको छ । संस्थाले यस वर्ष २ करोड २८ लाख लाभांश वितरण गरेको छ ।
उक्त कार्यक्रममा सेयर सदस्यहरु, शान्ति शर्मा, कमला देवि गिरी, बिश्व श्रेष्ठ, राजु पौडेल लिलाधर बराल, भिम प्रसाद सुवेदी, दान बहादुर गुरुङ, कृष्ण थापा, राजेन्द्र गिरीले सोधेका जिज्ञासा माथी प्रमुख कार्यकारी अधिकृत बिमला योगी र अध्यक्ष बिर बहादुर अधिकारीले स्पष्ट पारेका थिए ।
सभाले अध्यक्षद्धारा प्रस्तुत प्रस्तावहरु सर्वसहमतिमा पारित गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्