×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकले मनायो राष्ट्रिय धान दिवस, मौलिक तथा सांस्कृतीक परम्पराहरुको जगेर्ना गर्ने उद्वेश्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कामना सेवा विकास बैंकले मनायो राष्ट्रिय धान दिवस, मौलिक तथा सांस्कृतीक परम्पराहरुको जगेर्ना गर्ने उद्वेश्य

Artha Sarokar

१५ असार २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कामना सेवा विकास बैंकले आषाढ १५ अर्थात् राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रमहरु गरि मनाएको छ ।

मौलिक परम्परालाई जगेर्ना गर्ने उद्वेश्यले राष्ट्रिय धान दिवसको अवसरमा त्रिपुरेश्वर कृषि सहकारी संस्थाद्वारा चितवनमा आयोजना गरिएको ‘दही चिउरा खाने, रोपाइ र हिलेदौड प्रतियोगिता’तथा पोखरा पर्यटन परिषदद्वारा पोखरामा आयोजना गरिएको ‘१८औँ रोपाई महोत्सव’ लाई आर्थिक सहयोग गरेको छ । बैंकले मौलिक तथा सांस्कृतीक परम्पराहरुको जगेर्ना गर्ने उद्वेश्यले उक्त कार्यक्रमहरुलाई सहयोग गरिएको जनाएको छ ।

साथै, परम्पराको जगेर्ना स्वरुप दहि चिउरा खाने कार्यक्रमको महत्व दर्शाउदै बैंकले आफ्नो केन्द्रीय कार्यालय र सम्पुर्ण शाखा कार्यालयहरुमा दही चिउरा खाने कार्यक्रम आयोजना गरी ‘दही चिउरा खाने दिन’ मनाएको छ । यस्ता कार्यक्रमहरुले नेपाली समाजको मौलिक कला,संस्कृति, परम्परा तथा कर्मचारीहरूबीच एकताको भावनालाई बढावा दिनेमा बैंक विश्वस्त रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी