×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खल्ती र नेपाल इ-स्पोर्ट्स एसोसिएसनबीच सम्झौता, गेमिङको सम्भावना र भविष्यबारे सचेतना जगाउने उद्देश्य

GLOBAL IME BANK

खल्ती र नेपाल इ-स्पोर्ट्स एसोसिएसनबीच सम्झौता, गेमिङको सम्भावना र भविष्यबारे सचेतना जगाउने उद्देश्य

३२ जेष्ठ २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । खल्ती प्रा.लि र नेपाल इ-स्पोर्ट्स एसोसिएसनबीच (NESA) इ-स्पोर्ट्सको पहुँच विस्तारको लागि साझेदारी सम्पन्न भएको छ ।

उक्त साझेदारीले इ-स्पोर्ट्स क्षेत्रमा हुने टूर्नामेन्ट वा प्रतियोगिताको रजिष्ट्रेसनलाई डिजिटलाइज गरी विभिन्न सुविधाका माध्यमबाट इ-स्पोर्ट्सको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ । साथै, खल्तीले गेमिङ इकोसिस्टममा प्रमुख भुमिका खेल्दै नेपालमा गेमिङको सम्भावना र भविष्यबारे सचेतना जगाउने उद्देश्य लिएको छ ।

नेपाल इ-स्पोर्ट्स एसोसिएसन एउटा सामाजिक प्रभावकारी संस्था हो जसले समान पहुँचको सुनिश्चितता गरी ई-स्पोर्ट्सलाई पनि महत्वपूर्ण खेलको रूपमा प्रवर्द्धन र विकास गर्ने उद्देश्य लिएको छ । यसबाहेक, खल्तीसँगको यस साझेदारीले भुक्तानी प्रक्रियालाई सुव्यवस्थित र सुरक्षित बनाउन महत्वपुर्ण भुमिका खेल्नेछ ।

साझेदारीको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हाम्रो लोकप्रिय र युवा लक्षित ब्रान्ड, नेपालको इ-स्पोर्ट्स इकोसिस्टमको डिजिटलाइजेशन र प्रवर्द्धनका लागि नेपाल इ-स्पोर्ट्स एसोसिएसनसँग सहकार्य गर्न पाउँदा उत्साहित छौं । यसबाहेक, हामी नेपालका गेमरहरूका लागि सहज र सुविधाजनक भुक्तानी विधि प्रदान गर्दै खल्ती प्रयोग गर्न प्रोत्साहित गर्ने लक्ष्य लिई अघि बढेका छौं ।’

यसैबीच, नेपाल इ-स्पोर्ट्स एसोसिएसनका अध्यक्ष सुरज श्रेष्ठले भने, ‘नेपालमा इ-स्पोर्ट्सका लागि यस किसिमको साझेदारी नयाँ कदम हो र हामी विश्वास गर्छौं कि निजी संस्थाहरूको समर्थनले इ-स्पोर्ट्सहरूलाई नयाँ उचाइमा पुर्याउनेछ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: