×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकले बाल अस्पताल निर्माणका लागि २५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कुमारी बैंकले बाल अस्पताल निर्माणका लागि २५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने

Artha Sarokar

२६ जेष्ठ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कुमारी बैंक लिमिटेडले एक समारोहकाबीच काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने सम्झौता गरेको छ ।
नेपालमा बालबालिकाको गुणस्तरीय जीवनका लागि किफायती, पहुँचयोग्य र सबैका लागि उपलब्ध बहुविशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गर्ने प्रशंसनीय लक्ष्य लिई अघि बढिरहेको काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानले हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका, वडा नम्बर ७ मा बाल अस्पताल निर्माण गरिरहेकोमा सो अस्पताल निर्माणका लागि कुमारी बैंक लिमिटेडले उक्त सहयोग प्रदान गर्ने जनाएको छ ।
कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल तथा काठमाडौं बाल स्वास्थ्य प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाकाबीचमा दुई संस्थाका अन्य पदाधिकारीहरुको उपस्थितीमा सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको थियो ।
हाल बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ ए.टि.एम. तथा ६३ शाखा रहित बैंकिङ ईकाई सहितका सञ्जालहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी