×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकद्वारा जोरपाटीस्थित सानो बजारमा क्युआर सेवा उपलब्ध

PRIME CA

कुमारी बैंकद्वारा जोरपाटीस्थित सानो बजारमा क्युआर सेवा उपलब्ध

८ असार २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । स्थानीय ग्राहकहरूको दैनिक आवश्यकिय सामग्री तथा वस्तुहरु एकै ठाउँमा उपलब्ध गराउने उदेश्यले साना-साना बिक्रेताहरुलाई एकीकृत गरी सानो बजारको निर्माण भएको छ । यसलाई टेवा पुर्याउनका साथै कारोबारलाई थप व्यवस्थित गर्न कुमारी बैंक लिमिटेडले काठमाडौं जोरपाटी स्थित सानो बजारका व्यवसायीहरूको लागि क्युआर सुविधा ल्याएको छ ।

आफ्नो मोबाइल फोनबाटै सहज रूपले भुक्तानी गर्न सकिने क्युआर सुविधा सानो बजारको लागि सहज कारोबारको विकल्प बन्ने कुरामा बैंक विश्वस्त छ । यसै क्युआर सुविधालाई टेवा पुर्याउन र डिजिटल प्रबिधिको प्रयोगलाई प्रोत्साहन गर्नका लागि कुमारी बैंकले सानो बजारमा निःशुल्क वाईफाई सुविधा पनि उपलब्ध गराएको छ ।

साथै, कुमारी बैंक लिमिटेडले बिक्रेताहरुको सुरक्षाको लागि सानो बजारमा सिसि क्यामराको पनि व्यवस्था गरेको छ ।

सानो बजारकोउद्धघाटन समारोहमा मुख्य अतिथिका रुपमा प्रतिनिधि सभाका सदस्य सन्तोष चालिसे , प्रतिनिधि सभाका सदस्य शान्ति श्रेष्ठ , तथा गोकर्नेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसाल , उप-प्रमुख सान्नानी लामा, वडा नं ५ का वडा प्रमुख नारायण बहादुर सुवेदी, वडा नं ६ का वडा प्रमुख नवराज लामा, पूर्व संघीय सांसद कृष्ण राई, तथा कुमारी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश अर्याल लगायत स्थानिय व्यवसायी तथा अन्य अतिथिहरुको उपस्थिति रहेको थियो ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ ए.टि.एम तथा ६३ शाखा रहित बैंकिङ ईकाई सहितका सञ्जालहरु मार्फत आ आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: