×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी बैंकद्वारा हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता सञ्चालनका लागि प्रायोजन सहयोग

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

महालक्ष्मी बैंकद्वारा हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता सञ्चालनका लागि प्रायोजन सहयोग

Artha Sarokar

११ असार २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ‘स्वस्थ मानसिकताको लागि स्वस्थ शरीर,स्वस्थ शरीरको लागि शारीरिक व्यायाम’ भन्ने धारणा जनतासम्म पुर्याउन आयोजित आठौं मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता सञ्चालनका लागि प्रायोजन सहयोग गरेको छ ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघद्वारा मिति २०८० असार ८ र ९ गते आर्मी अफिसर्स क्लव, भद्रकाली, काठमाडौंमा आयोजित आठौं मिष्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितालाई सफल बनाउनका लागि बैंकले प्रायोजन सहयोग गरेको हो ।

नेपाल जस्तो विकासशील राष्ट्रलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहेकाले शारीरिक सुगठन खेल क्षेत्रलाई विकसित गर्दै लैजाने अभिप्रायले उक्त प्रतियोगिताको आयोजना गरिएको हो ।

हाल बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी