काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ११औं स्थापना दिवस सम्पन्न गरेको छ । लघुवित्तले ६४ वटा शाखा कार्यालय मार्फत करिव ३ हजार वृक्षारोपण तथा करिब ६४ जना उत्कृष्ट सेवाग्राही सदस्यलाई सम्मान सहित सरसफाई, रक्तदान र श्रमदान कार्यक्रम आयोजना गरेको हो ।
विश्वव्यापी तापमान वृद्धि, बायु प्रदुषण लगाएत अन्य वातावरणीय समस्यालाई मध्यनजर गर्दै संस्थाले वृक्षारोपण कार्यक्रमलाई विशेष प्रथमिकता दिँदै कार्यक्रम आयोजना गरेको जनाएको छ । विभिन्न शाखा कार्यालयद्वारा आयोजित कार्यक्रममा स्थानीय जन प्रतिनिधि, नेपाल प्रहरी, शस्त्र प्रहरी, स्कुल, युवा, विद्यार्थी लगाएतको सक्रिय सहभागीता रहेको थियो ।
संस्थाले वृक्षारोपण कार्यक्रम आयोजना गर्दा संरक्षणलाई मुख्य प्रथमिकता दिँदै संरक्षण प्रतिवद्धता जनाएको स्थानहरुमा स्थानियहरुको सहयोगमा वृक्षारोपण गरेको हो ।विभिन्न स्थानमा सहभागी जन प्रतिनिधिहरुले संस्थालाई ११औं स्थापना दिवसको शुभकामना दिँदै परिस्कृत सेवा प्रवाहा गर्न जोड दिएका थिए । हालको परिस्थितीमा वित्तीय संस्थाहरुको महत्त्व रहेको बताउँदै हरेक नागरिकलाई जिम्मेवार हुन् आग्रह समेत गरिएको थियो ।
केन्द्रीय कार्यालयद्वारा आयोजित वृक्षारोपण कार्यक्रममा सम्बोधन गर्दै प्रदेश नं. २ सप्तरी (क) का प्रदेश संसद राज कुमार लेखीले प्रदेश नं २ को महुलीमा केन्द्रीय कार्यालय स्थापना गरेर काम गरिरहेको संस्था भनेर चिन्न पाउँदा खुशि लागेको बताउँदै सञ्चालनगत कठिनाईमा केहि समस्या भए सो को सहजिकरणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
शुभकामना व्यक्त गर्दै संस्थाका सञ्चालक समितिका अध्यक्षले राम्रो लक्ष्य सहित सानो पूँजीबाट जनताको सेवा गर्न स्थापित भएको संस्था भएकाले कर्मचारीहरुलाई वर्तमानमा देखिएको चुनौति तथा आरोपहरु प्रति हतोत्साहित नहुन साथै सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिएका थिए ।
त्यस्तै, शुभकामना सन्देश दिँदै संस्थाका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले स्थापना दिवसको अवसरमा वृक्षारोपण, सरसफाई, रक्तदान, श्रमदान जस्ता पुनित कार्यक्रम आयोजना भएको खुशि व्यक्त गर्दै भावी दिनमा समेत समाज प्रतिको जिम्मेवारी बहन गर्दै उत्कृष्ट कार्यक्रमहरु सञ्चालन गर्ने बताएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्