×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मानुषी लघुवित्तको चौथो वार्षिक साधारणसभा सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मानुषी लघुवित्तको चौथो वार्षिक साधारणसभा सम्पन्न

Artha Sarokar

१ असार २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । लघुवित्तको साधारण सभा जेठ ३२ गतेका दिन संस्थाकि अध्यक्ष पद्मासना शाक्यको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको हो ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । सभामा वक्ताहरुले विश्व अर्थतन्त्र कोभिड पश्चात विस्तारै लयमा फर्कने संकेत भइरहेकोमा विश्व अर्थतन्त्रमा चुनौति थपिएको र हाम्रो देशको सन्दर्भमा विशेष गरी तरलताको संकटले ब्यवसाय चुनौतिपूर्ण भए पनि नियामक निकायले लिएको विभिन्न कदमहरुका कारणले आर्थिक वर्ष २०७८/०७९ मा सहज हुँदै गएको तर पछिल्लो समय लघुवित्त माथि चौतर्फी आक्रमण हुँदा थपिएको चुनौतिका विषयमा बोलेका थिए ।

आर्थिक वर्ष २०७८/०७९ मा संस्थाको सबै वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको छ । सोही आर्थिक वर्षमा आइपिओ जारी गरी संस्थाले चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुर्याएको थियो । साथै, आर्थिक वर्ष २०७८/०७९ मा संस्था कूल १ करोड ७२ लाख ३७ हजार १ सय ५ रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।

सभाले संस्थाको सञ्चालक समितिको तर्फबाट प्रस्तुत सम्पूर्ण प्रस्तावहरु उपर छलफल गरि सर्वसम्मतिले अनुमोदन गरेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी