काठमाडौं । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना व्यवसायी ग्राहकहरुको लागि क्युआर सेवाको शुभारम्भ गरेको छ ।
केन्द्रीय कार्यालयमा भएको क्युआर समुद्धघाटन कार्यक्रममा बनेपा स्थित माँ चण्डेश्वरी व्युटीपार्लर संचालक सिर्जना थापा फुँयाललाई संस्थाका अध्यक्ष टेक बहादुर बोहराले क्युआर कोड हस्तान्तरण गरी सेवा सुचारु गरिएको हो ।
लघुवित्तका ग्राहकहरुले यस अगाडी मोवाइल बैंकिङ मार्फत कारोवार गर्ने सुविधा प्रयोग गर्दै आएकोमा नेपाल राष्ट्र बैंकबाट अनुमती प्राप्त गरी नगद रहित कारोवारलाई प्रवर्द्धन गर्ने उद्देश्यले क्युआर सेवा समेत सुचारु गरेको हो । वितरण गरिएको क्युआर मार्फत संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशीले पहिलो पटक भुक्तानी गरेका थिए ।
हाल संस्थाले अधिराज्यभरीका १ सय ५१ वटा शाखा कार्यालयहरुमा आवद्ध रहेका सदस्यहरुलाई मोवाइल बैंकिङ तथा एसएमएस सेवा प्रदान गर्दै आएको छ भने शाखाहरुबाट संकलित सदस्यहरुको क्युआर कोड तयारी भई शाखाहरुमा पठाइएको छ । अहिले बजारमा प्रायः ग्राहकहरुले क्युआर कोड खोजी गर्ने र समयको माग तथा सदस्यहरुको माग बमोजिम यस किसिमका सेवाहरु संचालनमा ल्याउनको लागि आफूहरु प्रतिवद्ध रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशीले बताए ।
त्यस्तै, क्युआर कोडबाट सदस्यहरुले भुक्तानी लिन तथा अन्य ग्राहकहरुले भुक्तानी दिन सहज हुनुको साथै मिर्मिरे मोवाइल एप मार्फत वित्तीय कारोवारहरु, बजत विवरण बुझ्ने, किस्ता तिर्ने, वीलहरुको भुक्तानी गर्ने तथा खानेपानी तथा इन्टरनेट लगायतका शुल्कहरु समेत भुक्तानी गर्न सकिने संस्थाका सूचना प्रविधि विभाग प्रमुख अनुप श्रेष्ठले जानकारी गराएका थिए ।
समुद्धघाटन कार्यक्रम संस्थाका नायब कार्यकारी प्रमुख राजेन्द्र प्रसाद न्यौपानेले संचालन गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्