×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंकको सामाजिक प्रयास, मधेश प्रदेशका विभिन्न अस्पतालहरुमा व्हीलचेयर हस्तान्तरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मुक्तिनाथ विकास बैंकको सामाजिक प्रयास, मधेश प्रदेशका विभिन्न अस्पतालहरुमा व्हीलचेयर हस्तान्तरण

Artha Sarokar

१५ असार २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यहरुलाई निरन्तरता दिँदै आईरहेको छ । यसै सन्दर्भमा सामाजिक कार्यहरुलाई प्रभावकारी बनाउन बैंकले मधेश प्रदेशका विभिन्न अस्पतालहरुमा व्हीलचेयर वितरण गरेको छ ।

बैंकले मधेश प्रदेश स्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम, चन्द्रनिगाहपूर अस्पताल , गजेन्द्रना सिंह सगरमाथा अञ्चल अस्पतालमा बिरामीहरुको व्यवस्थापनका लागि आवश्यक पर्ने व्हीलचेयरहरु हस्तान्तरण गरेको छ । उक्त अस्पतालमा आउने बिरामीहरुलाई केही राहत पुग्ने बैंकको धारणाले व्हीलचेयर वितरण गरेको बैंकले जनाएको  छ । सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने बैंकले विश्वास लिएको छ ।

साथै, बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना अन्तर्गत रु २ करोड सम्मको कृषी कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, घर निर्माण/खरिद कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शेयर कर्जा, शैक्षिक कर्जा, जग्गा खरीद तथा अन्य व्यक्तिगत कर्जाहरु सम्पुर्ण आवश्यक कागजातहरु पुरा गरेको ३ कार्य दिन भित्र सर्वशुलव व्याजदरमा कर्जा प्रदान गर्दै आईरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी