×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाडा प्रतिनिधि मण्डल र भन्सार विभागका महानिर्देशकबीच छलफल

PRIME CA

नाडा प्रतिनिधि मण्डल र भन्सार विभागका महानिर्देशकबीच छलफल

१५ असार २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नाडा प्रतिनिधि मण्डल र भन्सार विभागका महानिर्देशकबीच छलफल । असार १५ गते शुक्रबार नाडाका अध्यक्ष डा. धुर्ब थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलसँग भेटगरी वीरगञ्ज भन्सार कार्यालय, पर्साले २०८० श्रावण १ गते पछि पैठारी हुने तयारी मालबस्तु बजारमा विक्री वितरणका लागि पठाउनु अघि त्यस्ता मालबस्तुको प्याकिङ्गमा आयातकर्ता र बजार वितरकको पूरा विवरण भएको लेवल लगाएर मात्र पठाउनु पर्ने भन्ने विषयमा जारी गरेको सूचना लगायत व्यवसायीहरुलाई भन्सारमा परेको समस्याहरुका सम्बन्धमा विस्तृत छलफल गरेको छ ।

उक्त छलफलमा नाडाका अध्यक्ष थापाले सो सम्बन्धमा जिज्ञासा राख्दै सो सूचनामा उल्लेखित विषय कुन क्षेत्रमा लागु गर्ने भनिएको हो प्रष्ट नभएको र अटोमोवाइल स्पेयर पार्टसका कतिपय बस्तुहरुमा यस्तो व्यवस्था लागु गर्न कठीनाई हुने भनाई राखेका थिए ।

त्यसैगरी सो छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले त्यसको कार्यान्वयमा आउने व्यावहारिक समस्या र अपठयाराहरु बारे जिज्ञासा राखेका थिए ।

सो छलफलमा महानिर्देशक पौडेलले विदेशबाट धेरै नक्कली सामान पैठारी भई आउने भएकोले बैध व्यवसायलाई प्रोत्साहित गर्न र तस्करी र चोरी पैठारीलाई निरुत्साहित गर्न यस्तो व्यवस्था गर्न लागेको जानकारी दिँदै अटोमोवाइल स्पेयर पार्टसको आयातमा पनि यो व्यवस्था लागु हुने बताएका हुन् । यसै क्रममा उनले अटोमोवाइल स्पेयर पार्टसका केही बस्तुहरुमा यस्तो व्यवस्था गर्न कठीनाई हुने भए पनि यस सम्बन्धमा विभागले छिट्टै कार्यविधि समेत ल्याउन लागेको जानकारी दिएका थिए ।

साथै, सो छलफलमा महानिर्देशक पाडैलले यसको सम्पूर्ण व्यवस्थापन स्वयं पैठारीकर्ता र डिलरले गर्नु पर्ने भएकोले साधारण खुद्रा व्यवसायीहरुलाई कुनै अप्ठेरो र झण्झट पनि नहुने कुरा प्रष्टयाएका थिए ।

विभागका उपमहानिर्देशकद्धय सेवन्तक पोखरेल र रमेश अर्याल समेतको उपस्थिति रहेको सो छलफलमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल र केन्द्रीय कार्य समिति सदस्य प्रकाश कपुरी समेतको उपस्थिति रहेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: