काठमाडौं । वृहत तालिम संञ्चालनका लागि नाडा र इन्स्योरबीच सम्झौता सम्पन्न भएको छ । जेठ ३१ गते बुधबार नाडाको सचिवालयमा नाडाका पदाधिकारीहरु, नाडा अन्तर्गत गठीत शीप विकास इकाईका सदस्यहरु तथा स्वीस सरकारको अन्तर्राष्ट्रिय गैह सरकारी संस्था हेल्भटास अन्तर्गत रहेको नेपालमा दिगो तथा सम्मानित रोजगारीका लागि शीप परियोजना (Enssure) का उच्च अधिकारीहरुको समुपस्थितिमा वृहत तालिम संचालनका लागि सम्झौतापत्र हस्ताक्षर भएको हो ।
उक्त सम्झौता ज्ञापन पत्रमा नाडाकोतर्फबाट अध्यक्ष डा.धुर्ब थापा र सो परियोजनाकातर्फबाट सो संस्थाका टिम लिडर रवीन्दबहादुर सिंहले हस्ताक्षर गरेका हुन् । त्यसैगरी सो कार्यलाई अघि बढाउन दुवै संस्थाको सहमतिमा नियम र सर्तहरु (TOR ) समेत तयार गरिएको छ ।
नाडाका सदस्य कम्पनीहरुमा कार्यरत कर्मचारी, प्राविधिज्ञहरु लगायत नयाँ कर्मचारी र प्राविधिकहरुलाई दक्ष र शीपयुक्त बनाउनका लागि यो सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । यसका लागि दुवै संस्थाको सहमतिमा २४ महिने र १२ महिने पाठयक्रम तयारगरी आवश्यक तालिम प्रदान गर्ने व्यवस्था गरिने छ जसका लागि नाडाका सदस्य कम्पनीहरुले आफना आवश्यकतानुसार कर्मचारी तथा प्राविधिकहरुलाई तालिम दिन सिफारिस समेत गर्नेछ । जसमा सैद्धान्तिक तथा व्यावहारिक दुवै खालको तालिम समावेश हुनेछन् ।
नाडाले पहिलो पटक यस किसिमको तालिमहरु सञ्चालन गर्न लागेको हो र नाडाले यसलाई दिर्घकालसम्म संचालन गर्ने उद्धेश्य राखेको छ । यस किसिमको तालिमले अटोमोवाइल क्षेत्रमा सहज रुपमा दक्ष जनशक्ती पूर्ति हुने विश्वास नाडाले लिएको छ । यसका लागि नाडाले छुट्टै कर्मचारी र कार्यालय समेतको व्यवस्था गरिसकेको जनाएको छ ।
नाडाले यस किसिमका कार्यहरु सुचारु रुपले सञ्चालन गर्न उपाध्यक्ष राजनबाबु श्रेष्ठको सभापतित्वमा उपाध्यक्ष निराकार श्रेष्ठ, केन्द्रीय कार्य समिति सदस्यद्धय प्रकाश कपुरी, कपिल शिवाकोटी, बरदान बस्नेत, तथा सोहन श्रेष्ठ सहितको ६ सदस्यीय शीप विकास इकाई समेत गठन गरेको छ । उक्त हस्ताक्षर कार्यक्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेति, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल समेतको उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्