Skip to content
LAXMI SUNRISE BANK

नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समितिको उप-सभापतिमा नानीराज घिमिरे मनोनित

अर्थ सरोकार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समितिको उप-सभापतिमा नानीराज घिमिरे मनोनित भएका छन् । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको उद्योग समितिको उप सभापतिमा घिमिरेलाई मनोनित गरेका हुन् ।

उद्योग समिति महासंघको कार्यकारिणी समिति सदस्य राजेश कुमार अग्रवालको सभापतित्वमा गठन गरिएको थियो ।

उद्योग समितिलाई पूर्णता दिनका लागि गरिएको एक कार्यक्रममा अध्यक्ष ढकालले मनोनयन पत्र हस्तान्तरण गर्दै मनोनित हुने व्यक्तित्वहरुले महासंघलाई सशक्त रुपमा अगाडी बढाउनका लागि तथा महासंघमा महत्वपूर्ण योगदान पुर्याउने कुरामा महासंघ विश्वस्त रहेको पनि बताएका थिए ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK