×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल लाइफ इन्स्योरेन्सको ३५औं साधारणसभा सम्पन्न

LAXMI SUNSIRE
GLOBAL IME BANK

नेशनल लाइफ इन्स्योरेन्सको ३५औं साधारणसभा सम्पन्न

Artha Sarokar

२३ जेष्ठ २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३५औं वार्षिक साधारणसभा जेठ २२ गते कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ ।

सभामा अध्यक्षले विश्व अर्थतन्त्र कोभिड पश्चात विस्तारै लयमा फर्कने संकेत भइरहेकोमा विश्व अर्थतन्त्रमा चुनौति थपिएको र हाम्रो देशको सन्दर्भमा विशेष गरी तरलताको संकटले बीमा ब्यवसाय चुनौतिपूर्ण भए पनि नियामक निकायले लिएको विभिन्न कदमहरुका कारणले आर्थिक वर्ष २०७८/७९ मा बीमाको पहुंचमा उल्लेखनीय बृद्धि भएको र नेपाल सरकार र नियामक निकायको सहयोगात्मक नीतिहरुका कारणले गर्दा बीमा बजार आउने दिनहरुमा थप फस्टाउने आशा गरेकी थिइन् ।

३५औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को लागि अद्यावधिक चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर जारी गर्ने र सो बोनस सेयर वापतको कर प्रयोजनको लागि १ करोड ९५ लाख ३८ हजार ६ सय ६१ रुपैयाँ र नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

उक्त लाभांशको अतिरिक्त चुक्ता पूँजीमा ६.५ प्रतिशतको दरले थप नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित भएको छ । नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्व पुर्याउनु पर्ने वाध्यात्मक व्यवस्था गरेकोमा हालको कायम रहेको चुक्ता पूँजी ४ अर्व ६४ करोड ४ लाख ३१ हजार ८ सय ७५ रुपैयाँमा ८ प्रतिशतको वोनस शेयर थप भई कूल चुक्ता पूँजी ५ अर्व १ करोड १६ लाख ६६ हजार ४ सय २५ रुपैयाँ पुगेको छ र तोकिएको चुक्ता पूँजी सहज रुपमा पूरा भएको छ ।

सभामा अध्यक्षले आउने दिनहरुमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी एक मूख्य बीमकको रुपमा आम सर्व साधारणको जीवन बीमाको आवश्यकता परिपूर्ती गर्नमा अग्रणी भूमीका निर्वाह गरिरहने विश्वास व्यक्त गरिन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी