काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखराको न्युरोड स्थित आफ्नै सुविधा सम्पन्न भवनको समुद्धघाटन गरेको छ । जेठ २२ गते आयोजित एक भव्य कार्यक्रमका बीच कम्पनीका संचालक समितिका सदस्यहरु कमलेश अग्रवाल, विमल प्रसाद ढकाल र कृष्णराज लामिछाने, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रादेशिक प्रमुख केशव राज ढकालले संयुक्त रूपमा रिवन काटेर उक्त भवनको उद्धघाटन गरेका हुन्।
करिव ३ हजार २ सय २० वर्ग फीटमा फैलिएको उक्त भवनको उद्धघाटन समारोहमा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख, विभिन्न संचार माध्यमका प्रतिनिधि, बीमा अर्भिकर्ता तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
उक्त सुविधा सम्पन्न भवनमा गण्डकी प्रदेशको प्रादेशिक कार्यालय र पोखरा शाखा कार्यालय रहने भएको छ । यस कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले उपस्थित सबैलाई स्वागत गरेका थिए ।
उद्धघाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा कम्पनीका संचालक समितिका सदस्य कमलेश अग्रवालले नेपाल लाइफको आफ्नै भवनको उद्धघाटन गर्न पाउँदा हर्षले गदगद भएको बताए । निकट भविष्यमा नै कम्पनीले नेपालका मुख्य शहरहरुमा घर जग्गा खरिद गर्ने योजना सहित कार्यारम्भ गरिसकेको बताए ।
अग्रवालले २०७२ मा संविधान जारी भए पश्चात नेपालले संघियताको ढाँचा अवलम्बन गरेको र यसैलाई मुर्त रुप प्रदान गर्ने अभिप्रायका साथ नेपाल लाइफले सातै वटा प्रदेशमा प्रादेशिक कार्यालयको स्थापना गरिसकेको कुरा बताए ।
गण्डकी प्रदेशको साक्षरता दर, कुल ग्राह्यस्थ उत्पादनमा गरेको योगदानका लागि गण्डकी प्रदेश वासीलाई धन्यवाद ज्ञापन गरे । बीमा क्षेत्रमा गण्डकी प्रदेशद्वारा गरिएको योगदानको मुक्तकण्ठले प्रसंशा गरे । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीको रूपमा नेपालको जनसंख्याको करिव १० प्रतिशत जनतालाई जीवन बीमा सम्बन्धि सेवा प्रवाह गर्दै नेपाली जीवन बीमाको क्षेत्रमा विभिन्न सुचाकहरुको आधारमा अब्बल रहदै आफुलाई नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीको रूपमा नेपाल लाइफ स्थापित रहेको कुरा सगौरव बताएका थिए ।
शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेशका प्रमुख केशव राज ढकालले नेपाल लाइफले प्रादेशिक कार्यालय स्थापना गरी नेपाल बीमा प्राधिकरणले लिएको नीतिलाई सघाएको बताए । प्रादेशिक कार्यालय स्थापना गरी केन्द्रिय कार्यालयबाट प्रदान गरिने सेवाहरु स्थानिय ठाउँबाट प्रदान गर्न सके बीमा सचेतामा बढ्न गई बीमा प्रति मान्छेको आकर्षण बढ्नेमा आफु विश्वस्त रहेको बताए । बीमा क्षेत्रमा नेपाल बीमा प्राधिकरणले सहजकर्ताको भूमिका निर्वाह गरिरहेको र आगामी दिनमा सबै सरोकारवालाहरुले हातेमालो गरेर अगाडी बढ्नुपर्ने सारगर्भित विचार व्यक्त गरेका थिए ।
त्यस्तै, समुद्धघाटन समारोहका सभापति तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले पोखरामा घर खरिद गरी सेवा प्रवाह गर्नु रणनैतिक रूपमा एकदमै महत्वपुर्ण रहेको बताए । आगामी दिनहरुमा कम्पनीलाइ थप सशक्त बनाउनका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुको सेवाको गुणस्तरियतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने बताएका थिए ।
नेपाल लाइफसँग अहिलेको अवस्थामा चुनौतिका साथसाथै प्रशस्त अवसरहरु समेत रहेको कुरा बताए । प्रादेशिक कार्यलयको स्थापनासंगै प्रशासनिक कार्यहरुको विकेन्द्रीकरण संगै सेवा प्रवाह थप सरल, सहज र प्रभावकारी हुने विश्वास व्यक्त गरे । प्रादेशिक कार्यालय हुनुले कार्यसम्पादन सहज हुन गई बीमा बजारको बजारीकरण, बीमा सचेतना तथा बीमा बजारमा स्वस्थ प्रतिस्पर्धा हुने र ग्राहकहरुले गुणस्तरीय सेवा प्राप्त गर्नेमा आफु ढुक्क रहेको बताएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्