×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एशिया बैंक र सजिलो पे पेमेन्ट सर्भिसेशबीच ‘आइडिया टु आइपीओ’ सेवा प्रदान गर्ने सम्झौता

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एनआइसी एशिया बैंक र सजिलो पे पेमेन्ट सर्भिसेशबीच ‘आइडिया टु आइपीओ’ सेवा प्रदान गर्ने सम्झौता

Artha Sarokar

२८ जेष्ठ २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनआईसी एशिया क्यापिटल र सजिलो पे पेमेन्ट सर्भिसेश प्रा.लि. बीच क्यापिटलको आइडिया टु आइपीओ सेवा उपलब्ध गराउने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ ।

एनआईसी एशिया क्यापिटलले ‘आइडिया टु आइपिओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि आइपिओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

सोही सेवा अन्तर्गत बालुवाटार ४, काठमाडौंमा रजिष्ट्रार कार्यालय रहेको सजिलो पे पेमेन्ट सर्भिसेश प्रा.लि.लाई संस्थागत परामर्श सेवा, Private Placement बाट कम्पनीलाई आवश्यक पर्ने फण्डको व्यवस्था गरिदिने सहित सजिलो पेलाई पब्लिक कम्पनीमा परिणत गरी आगामी दिनमा आइपिओ जारी गर्ने चरणमा पुर्याई भविष्यमा सर्वसाधारणहरुमा साधारण सेयरको सार्वजनिक निष्कासन गरिदिने सम्मको सेवा प्रदान गर्नको लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र सजिलो पे पेमेन्ट सर्भिसेश प्रा.लि.बीच मिति २०८० साल जेष्ठ २५ गते दुई पक्षिय सम्झौता सम्पन्न भएको हो ।

सजिलो पे नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त डिजिटल वालेट भुक्तानी सेवा प्रदायक (PSP) कम्पनी हो । जसबाट छिटो र सुरक्षित रुपमा अनलाइन मार्फत बिल भुक्तानी गर्न सकिन्छ । हाल सजिलो पे Mobile app प्रयोगकर्ताहरुले सहज र सुरक्षित रुपमा मोबाइल रिचार्ज, टप अप, दैनिक उपयोगिताका बिल भुक्तानी, आन्तरिक तथा बाह्य टिकट बुकिङ, बीमा र EMI भुक्तानी, नवीकरण, विद्युतको महशुल भुक्तानी लगायतका अन्य कारोबारको भुक्तानी गर्नुपर्ने रकम अनलाईन मार्फत भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ । साथै, भुक्तानी गर्दा क्यासव्याक समेत उपलब्ध गराउँदै आइरहेको छ । सजिलो पेले आगामी ३ वर्ष भित्र प्रयोगकर्ताको संख्या १० लाख पुर्याउने लक्ष्य लिएका छ ।

साथै, क्यापिटलको ‘आइडिया टु आइपिओ’ सेवा सम्बन्धी थप जानकारीको लागि मर्चेण्ट बैंकिङ प्रमुख,  दामोदर रायमाझी मोवाईल नं. ९८५११८४९७९ वा इमेल ठेगाना [email protected] मा सोझै सम्पर्क गर्न सकिने छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी