काठमाडौं । एनआईसी एशिया क्यापिटलले ‘आइडिया टु आइपिओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आइपिओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ ।
सोही सेवा अन्तर्गत लाजिम्पाट, काठमाडौंमा कार्पोरेट कार्यालय रहेको अगम फूड इण्डष्ट्रि प्रा.लि.लाई क्यापिटलको ‘आइडिया टु आइपिओ’ सेवा अन्तर्गतको संस्थागत परामर्श सेवा, सेयर रजिष्ट्रार सेवा, Private Placement बाट कम्पनीलाई आवश्यक पर्ने फण्डको व्यवस्था गरिदिने सहित अगम फूड इण्डष्ट्रि प्रा.लि.लाई पब्लिक कम्पनीमा परिणत गराई आगामी दिनमा आइपिओ जारी गर्ने चरणमा पुर्याई भविष्यमा सर्वसाधारणहरुमा साधारण शेयरको सार्वजनिक निष्कासन गरिदिने सम्मको सेवा प्रदान गर्नको लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र अगम फूड इण्डष्ट्रि प्रा.लि.बीच जेष्ठ ३० गते दुई पक्षिय सम्झौता सम्पन्न भएको हो ।
अगम फूड इण्डष्ट्रि प्रा.लि. स्टीम राइस मिल उद्योग हो । उक्त राइस मिल उद्योग सन् २००५ देखि भरतपुर वडा नं. १३, चितवनमा उद्योग स्थापना गरी नियमित रुपमा आफ्नो उत्पादन देशको विभिन्न भु-भागमा बिक्री वितरण गर्दै आइरहेको छ । स्वदेशी किसानहरुबाट धान खरिद गरी चामल उत्पादन गरी चामलको आयात घटाइ राष्टिय अर्थतन्त्रलाई बढोक्तरी दिने मुख्य उद्देश्यका साथ संचालन गरिएको अगम फूड इण्डष्ट्रिले आगामी दिनमा अत्याधुनिक प्रविधिको प्रयोग मार्फत आफ्नो उत्पादनलाई नेपालभर विस्तार गरी उपभोक्ताहरुलाई सहज, सर्वसुलभ, गुणस्तरीयका साथै सुपथ मुल्यमा चामल लगायत अन्य उत्पादनहरु उपलब्ध गराउने लक्ष्य लिएको छ ।
साथै क्यापिटलको “आइडिया टु आइपिओ” सेवा सम्बन्धी थप जानकारीको लागि मर्चेण्ट बैंकिङ प्रमुख, दामोदर रायमाझी मोवाईल नं. ९८५११८४९७९ वा इमेल ठेगाना [email protected] मा सोझै सम्पर्क गर्न सकिने छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्