काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड र महालक्ष्मी विकास बैंक लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ ।
दश वर्ष अवधि तथा वार्षिक ११ प्रतिशत ब्याजदर भएको प्रति ऋणपत्र एक हजार अंकित मूल्यको १० लाख कित्ताले हुन आउने १ अर्व बराबरको ‘११%महालक्ष्मी डिबेन्चर, २०८९’ को रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्बन्धी दुई पक्षिय सम्झौता भएको हो ।
उक्त डिबेन्चर रजिष्ट्रार सेवा अन्तर्गत बाँडफाँडमा ऋणपत्र पर्न सफल भएका लगानीकर्ताहरुको ऋणपत्र सम्बन्धित ऋणपत्रधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने, कारोवार भएको ऋणपत्रहरुको अभिलेख राख्ने, दाखिल खारेज गर्ने, ऋणपत्रधनीहरुको लगत अध्यावधिक गरि राख्ने लगायतका रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु यही मिति २०८० साल आषाढ ५ गते मंगलबार देखि एनआईसी एशिया क्यापिटल लिमिटेड मार्फत हुने भएको छ ।
साथै, एनआईसी एशिया क्यापिटलको ‘idea to ipo’ सेवा अन्तर्गत जुन सुकै अवस्था र जुनसुकै चरणमा रहेका कम्पनीहरुलाई आइपिओ जारी गर्ने तहसम्म पुर्याई सर्वसाधारणमा सेयर जारी गर्ने सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउदै आइरहेको छ । हाल सोही सेवालाई अझ बढी परिस्कृत गर्दै प्राइभेट कम्पनीहरुलाई समेत सेयर रजिष्ट्रार सम्बन्धी सेवा उपलब्ध गराउन सुरु गरेको छ ।
उक्त सेवा सम्बन्धी थप जानकारीको लागि मर्चेण्ट बैंकिङ प्रमुख, दामोदर रायमाझी मोवाईल नं. ९८५११८४९७९ वा इमेल ठेगाना [email protected] मा सोझै सम्पर्क गर्न सकिने क्यापिटलले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्